Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

मधेस प्रदेश सरकारको नेतृत्व नछाड्ने जसपा दाउमा

प्रतिक्षा खबर
२०८१ जेष्ठ १९, शनिबार २२:३८

 मधेस सरकारको नेतृत्व गरेका जनता समाजवादी पार्टी (जसपा) नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २३ गते विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने समय जति जति नजिक आउँदैछ, मधेस प्रदेशमा नेताहरूको दौडधुप त्यति नै बढेको छ । 

जसपा नेपालले आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन चाहेको छ भने अन्य दलहरू त्यसको पक्षमा देखिएका छैन । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विश्वासको मत प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउँछन् । नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी)ले विश्वासको मत दिने विश्वास व्यक्ति गर्दै उनले अन्य दलहरूसँग कुराकानी भइरहेको बताए ।

उनले यस्तो दाबी गरिरहँदा हालसम्म नेकपा (एस) बाहेक अन्य कुनै पनि दल विश्वासको मत दिनका लागि तयार देखिएका छैनन् । एकीकृत समाजवादी अझै पनि जसपा नेपाल नेतृत्वको सरकारमा सहभागी छ ।

एकीकृत समाजवादी मधेस प्रदेशका संसदीय दलका नेता समेत रहेका कृषिमन्त्री गोविन्दबहादुर न्यौपानेले आफूहरू जसपा नेपाल नेतृत्वको सरकारमा रहेकाले सो सरकारलाई बचाउने दायित्व आफूहरूको रहेको बताए । उनले सरकारलाई विश्वासको मत दिने पनि बताए ।

‘यो सरकारबाट हटे वा समर्थन फिर्ता लिए अर्कै कुरा होला । तर अहिले हामी सरकारमै रहेको कारणले यो सरकारको विकल्प सोच्न सक्दैनौँ,’ उनले भने ।

उता, विश्वासको मत दिने वा नदिने विषयमा हालसम्म लोसपा र कांग्रेसले टुङ्गो लगाएको छैन । ती दलहरूले पनि मधेस सरकारको नेतृत्वमा दाबी गरिरहेका छन् ।

जसपाले लामो समयदेखि सरकारको नेतृत्व गरिरहेको तथा सरकारको काम कारबाही पनि सन्तोषजनक नदेखिएकाले नेतृत्व हस्तान्तरण हुनुपर्ने पक्षमा कांग्रेस र लोसपाका नेताहरू रहेका छन् । तर जसपाले कम्तीमा एक वर्ष जसपा नेपालकै नेतृत्व सरकार रहन दिन आग्रह गरेको छ ।

स्रोतका अनुसार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटेर यो आग्रह गरेका हुन् । त्यस्तै केही दिनअघि बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकमा पनि जसपा नेपालले मधेस प्रदेशमा आलोपालोमा सरकार बनाउनुपर्ने र त्यसमा पहिलो चरणमा जसपा नेपाललाई दिनुपर्ने अडान लिएको थियो ।

तर कांग्रेस र लोसपाले त्यसमा सहमति जनाएका छैनन् । मधेस प्रदेशमा जसपा नेपाल, एकीकृत समाजवादी, लोसपा र कांग्रेसको संयुक्त सरकार रहने सहमति बूढानीलकण्ठ बैठकले गरेको तर कसको नेतृत्वमा हुने अहिलेसम्म टुङ्गो नलगाएको स्रोतले जनाएको छ ।

जसपा नेपालका प्रवक्ता एवं मधेस प्रदेशका सांसद मनिष सुमन भने गठबन्धनमा रहेका कुनै पनि दलले हालसम्म सरकारको दाबी नगरेको बताए । उनले भने, ‘हाम्रो मुख्यमन्त्रीले जेठ २३ गते विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत पाउनेमा हामी आशावादी छौँ ।’

सुमनले शनिबार नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग उनको निवास पुगेर मधेस सरकारका बारेमा छलफल गरेका छन् ।

यता कांग्रेस मधेस प्रदेशका सभापति एवं संसदीय दलका नेता कृष्ण यादवले मधेस सरकारमा आफूहरूको पनि दाबी रहेको बताउँछन् । सबैभन्दा ठूलो दलको हैसियतले पहिलो दाबी कांग्रेसको नै रहने त्यसपछि अन्य दलहरूको पालो आउने उनले बताए ।

उनले भने, ‘हामीले दाबी गरेका छौँ तर अहिलेसम्म कुनै कुरामा सहमति भएको छैन । जेठ २३ गते विश्वासको मत लिनुभन्दा पहिले विभिन्न दलको बिचमा एउटा सहमति बन्छ भन्ने मलाई विश्वास छ ।

लोसपा नेपालका महासचिव मनिष मिश्रले मधेस सरकारको बारेमा लोसपा नेपालले हालसम्म कुनै पनि निर्णय नगरेको बताउँदै विभिन्न दलहरूसँग कुराकानी चलिरहेको जिकिर गरे । दलहरूको बिचमा सहमति बनेपछि पार्टीका आधिकारिक निर्णय आउने उनले बताए ।

उनले भने, ‘मधेस प्रदेशमा लोसपा नेपालले पनि सरकारको नेतृत्वमा दाबी गरेको छ । जसपा नेपालले लामो समयदेखि सरकारको नेतृत्व गरिसकेको छ, अब उसले अरूलाई हस्तान्तरण गर्नुप्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर