Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लागु औषधको जालो तोड्दै प्रहरी निरिक्षक खत्री

प्रतिक्षा खबर
२०८१ कार्तिक २८, बुधबार २०:०३

कृष्णनगर, कपिलवस्तु, कार्तिक २८

कपिलवस्तु जिल्लाको दक्षिण पश्चिममा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले लागु औषध विरूद्ध अक्रमक बन्दै लागु औषधको जालो तोड़न् प्रहरी निरिक्षक सुरज खत्री लागिपरेका छन् ।

इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको रूपमा प्रहरी निरिक्षक सुरज खत्री आए देखिनै लागु औषध सेवनकर्ता तथा करोबारी हरूलाई तह लगाउने योजना सहित अगाडि बढ्दै आए देखि लगभग दर्जनौ लागु औषध मुद्दामा व्यक्ति हरू पक्राउ गरि मुद्दा चलाएका छन्।

प्रहरी निरिक्षक खत्री इलाका प्रहरी कार्यालय कृष्णनगर आए देखि ठूलो मात्रामा लागु औषधको ट्याबलेट, चरेस, ब्राउन सुगर लगायतको कारोबारी तथा सेवनकर्ता हरूको संजाल तोड्न हरेक सम्भव प्रयास गरि लागु औषध मुक्त समाज निर्माण गर्ने अभियान संचालन गर्दै आएको समाजसेवी हरू बताउछन्।

सोही क्रममा मंगलवार बेलुका ९ :३० बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं ३ हनुमानढी बाट
इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले संकास्पद रूपमा पैदल हिड्दै गरेका कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ झण्डेनगर
१९ बर्षिय सिक्नदर चौहान लाई रीत पूर्वक निजको शरीर तथा निजले बोकेको पलास्टिकको बोरा खान तलासी
गर्दा निजले बोकेको पलास्टिकको बोरा भित्र लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल हाइड्रोक्लोराइड आइ. पी. ५० mg लेखिएको लागु औषध छ सय पचास (६५०) पत्ता प्रति पत्ता बीस(२०) क्यापसुलका दरले जम्मा १३,०००-/ तेर्हा हजार वटा क्यापसुल नारजो कम्पनीको मोबाइल एक थान सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। साथै पक्राउ गरिएको व्यक्ति लाई कपिलवस्तु जिल्ला अदालत बाट सात दिनको म्याद थप गरि थप अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर