Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेश

प्रतिक्षा खबर
२०८१ भाद्र ३, सोमबार १०:२७

काठमाडौँ । आगामी भदौ ९ गते आधारभूत सङ्गठन निर्माणको चार महिने अभियानको उद्घाटन गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय अभियन्तालाई कार्यादेश तोकेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार परिपत्र जारी गरी वैचारिक तथा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने गरी केन्द्रीय सदस्यहरुको कार्यादेश तय गरेका हुन् ।

कार्यादेश अनुसार केन्द्रीय अभियन्ताले पार्टीको विधान, पार्टीको एकताको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्ताबेजका सम्बन्धमा प्रशिक्षणको आयोजना गर्नुपर्ने छ । त्यस्तै विभिन्न राजनीतिक दलहरूसँग जसपाको राजनैतिक–वैचारिक भिन्नता, उत्पीडित जाति÷समुदायको पहिचान, राजनीतिक अधिकार, राज्यमा समान प्रतिनिधित्व, सामाजिक विभेद लगायतका विषयहरूको उजागर गर्ने काम समेत अभियन्ताले गर्नेछन् ।

त्यस्तै केन्द्रीय अभियन्ताले कोशी प्रदेशको नाम खारेजी र ऐतिहासिक पहिचानको आधारमा नामाङ्कन गर्नका लागि दबाब सिर्जना गर्न, समुदायमा जागरण ल्याउने र पार्टी विभाजनबारे भण्डाफोर गर्नुपर्ने भनी निर्देशन गरिएको छ ।

पार्टीका चार सय पन्ध्र जना केन्द्रीय अभियन्तालाई पार्टीको आदर्शहरू सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद तथा पार्टीको लक्ष्य – समाजवादी लोकतन्त्रको अवधारणा बारे र समसामयिक राजनीतिक परिस्थिति र पार्टीको दृष्टिकोण प्रस्ट्याउने गरी केन्द्रीय नेताहरूलाई अभियानमा खटाइने भएको छ ।

चुरे वन संरक्षण सम्बन्धमा जनजागरण अभियान सञ्चालनलाई पनि जसपा नेपालले केन्द्रीय सदस्यको अभियानको कार्यादेश भनी निर्धारण गरेको छ ।

जसपा नेपालको साउन २७–३० मा सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरूलाई अभियन्ताको रूपमा चार महिना पालिकामा संगठन निर्माणका लागि खटाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर