Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

माध्यमिकी परिक्रमाका मडैमा

प्रतिक्षा खबर
२०८१ फाल्गुन २०, मंगलवार ११:२४

जलेश्वर फागुन २० । मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी गाउँपालिकाको मडै पुगेका छन् । सोमबार जलेश्वरमा पाँचौँ दिनको रात्रि विश्राम गरेका उनीहरु मिथिलाविहारी (श्रीराम) र किशोरीजी (सीताजी)का प्रतिमा राखिएका डोला (डोली) साथ मडै पुगेका हुन् । मडैमा डोलासहितका यात्रीलाई महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलीपकुमार पाण्डेसहितका गाउँवासीले स्वागत गरेका छन् ।आइतबार मटिहानीबाट महोत्तरी प्रवेश गरेका यात्रीको जिल्लाको तेस्रो र यात्राको छैटौँ दिनको पडावस्थल ९विश्रामस्थल० हो । जलेश्वरबाट चार किलोमिटरको दूरीको मडै अहिले परिक्रमाका यात्री र परिक्रमा मेला हेर्न आउनेको भीडले खचाखच छ । मडै पुगेपछि यात्रामा महोत्तरीको कुल दूरी २५ किलोमिटरमध्ये नौ किलोमिटर पूरा भएको छ । अब सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवन रात्रिबासपछि महोत्तरीको यात्रा पूरा हुनेछ ।

फागुन औँसीका दिन धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट सुरु भएको १५ दिने डोलायात्रामा धनुषा, महोत्तरी र भारतको मधुवनीसहितका एक सय ३३ किलोमिटरको वृतभित्र यात्रा गरिन्छ । यसमा महोत्तरीमा पाँच, धनुषामा छ र मधुवनीमा चार रात्रिबासको परम्परा छ ।

अघि त्रेतायुगमा राम सीताले विवाहपश्चात मिथिलाका विभिन्न क्षेत्रमा वनविहार गरेका पदचाप पछ्याउँदै १८औँ शताब्दीमा परिक्रमा परम्परा सुरु भएको मानिन्छ । राम सीताको डोलासहित गरिने यो यात्रा कल्याणदायक र मोक्षदायक रहेको मैथिल जनविश्वास छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर