Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

प्रतिक्षा खबर
२०८१ श्रावण २९, मंगलवार २०:११

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकमा चिनियाँ महत्त्वाकांक्षी परियोजना ‘बीआरआई’बारे चर्चा भएको छ ।

साउन २७ गतेदेखि सुरु भएको बैठकमा सोमबारदेखि प्रशिक्षण सुरु भएको थियो । प्रशिक्षणको पहिलो दिन पार्टीका केन्द्रीय सदस्यहरूलाई पार्टीले देशको भूराजनीति तथा परराष्ट्र नीतिको विषयमा जानकारी दिइएको थियो ।

नेपालको वर्तमान भूराजनीतिक परिस्थितिको बारेमा पूर्वराजदूत विजयकान्त कर्णले प्रशिक्षण दिएका थिए । उनले नेपालमा चीनको गतिविधि तीव्र रूपमा अगाडि बढेको र बीआरआई कार्यान्वयनका लागि पहल भइरहेको धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए ।

बीआरआई नेपालको हितमा भन्दा चीनले आफ्नो स्वार्थका लागि ल्याएको बताउँदै पूर्वराजदूत कर्णले बीआरआई कुनै प्रोजेक्ट नभएर चीनको विदेश मन्त्रालयअन्तर्गतको एउटा रणनीति रहेको बताएका थिए ।

दक्षिण एसिया, अफ्रिका, पूर्वी युरोप लगायतका देशहरूमा चीनले बीआरआईमार्फत आफ्नो पकड बनाउन खोजेको धारणा उनले राखेका थिए ।

‘सन् २०१७ मा बीआरआईका लागि समझदारीपत्रमा हस्ताक्षर भए पनि हालसम्म कार्यान्वयनमा नआउनुको कारण नेपाली जनताले त्यसलाई नरुचाउनु हो,’ बैठकमा नेताहरूलाई प्रशिक्षण दिने क्रममा पूर्वराजदूत कर्णले भने, ‘नेपाल जनताले रुचाएको भए, चाहेको भए उतिबेलै कार्यान्वयनमा आइसक्थ्यो ।’

पूर्वराजदूत कर्णले बीआरआइको नाममा चीनले नेपाललाई ऋणमा फसाउन खोजेको धारणा राखेका थिए ।

जसपा नेपालको प्रशिक्षणमा पूर्वराजदूत कर्णले भने, ‘सुरुमा नेपालका मन्त्रीहरूले बीआरआईलाई अनुदान सहयोगको रूपमा बुझ्नुभयो तर बिस्तारै यो त व्यावसायिक सहयोग भन्ने थाहा पाएपछि त्यसबाट हच्किनुभयो ।’

जसपा नेपालका एक केन्द्रीय सदस्यका अनुसार नेपालले हालसम्म व्यावसायिक ऋण लिएको छैन, तर बीआरआईमा व्यावसायिक ऋण चीनले भिराउन खोजेका कारण नेपाल त्यसबाट डराएको पूर्वराजदूत कर्णले बैठकमा राखेका थिए ।

जपान, विश्व बैंकलगायतबाट नेपालले ३०–३५ वर्षका लागि १–२ प्रतिशतमा सहुलियत ऋण लिएको तर चीनले ४ प्रतिशत ब्याजमा १०–१२ वर्षका लागिमात्र ऋण दिइरहेको उनले उल्लेख गरेका थिए । चीनले श्रीलंकामा यस्तैगरी बीआरआई लागु गराउँदा आज श्रीलंकाको हालत कसैबाट लुकेको छैन भन्दै पूर्वराजदूत कर्णले बीआरआई कार्यान्वयनमा ल्याउनुभन्दा पहिले चीनले यसको बारेमा प्रष्ट पार्नुपर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर