Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जसपा नेता प्रमोद साहको नाम मन्त्रीकाे सुचिबाट काट्दा जसपामा खैलाबैला

प्रतिक्षा खबर
२०७८ आश्विन २२, शुक्रबार १९:२३

मन्त्रीहरुको सूचीबाट सांसद प्रमोद साहको नाम काटिएपछि सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) मा खैलाबैला मच्चिएको छ । उनको सट्टा महेन्द्र राय यादव कृषि तथा सहकारीमन्त्री बनेका छन् ।
देउवा सरकारमा जसपाले चार वटा मन्त्रालय पाएको थियो । कार्यकारिणी समितिले मन्त्री टुंगो लगाउन शीर्ष तीन नेता (डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई) लाई जिम्मा दिएको थियो । तीन नेताले मन्त्री छनोटको मापदण्ड बनाउँदा दाबेदारहरुलाई चार समूहमा विभाजन गरिएको थियो ।
नेताहरुका अनुसार राजपा पृष्ठभूमि भएका प्रदेश २ का सांसदहरुमध्ये एक जनालाई मन्त्री बनाउनुपर्ने थियो, जसमा महेन्द्र राय यादव, अमृता अग्रहरी र प्रमोद साह दाबेदार थिए । प्रदेश २ बाहेकबाट इस्तियाक राई र राजेन्द्र श्रेष्ठ दावेदार थिए भने महिलाबाट रेणु यादव र अमृता अग्रहरि थिए । यस्तै पार्टी र सरकारलाई जोड्ने भूमिका खेल्न सक्ने एक सांसदलाई मन्त्री बनाउनुपर्ने थियो ।
प्रदेश २ बाहेकबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र महिलाबाट रेणु यादव मन्त्री बने भने पार्टी र सरकारलाई जोड्ने भूमिकामा अध्यक्ष उपेन्द्र यादवले रामसहाय यादवलाई मन्त्रीका रुपमा चयन गरे । उनी यादवका विश्वास पात्र समेत हुन् ।
बाँकी रह्यो राजपा पृष्ठूभूमिबाट को मन्त्री बन्ने भन्ने विषय ? जसपाका नेताहरुका अनुसार शुरुमा महेन्द्र रायको सम्भावना थियो । पार्टीमा उपेन्द्र यादव र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीच विवाद चल्दा आफूले पूर्व राजपा समूहमा विद्रोह गरेर साथ दिएकाले सरकारमा जाने अवसर आफूले पाउनुपर्ने उनको तर्क थियो ।
तर पूर्व राजपा, त्यसमा पनि सद्भावना पृष्ठभूमि भएका सांसदहरु प्रमोद साह, अमिता अग्रहरि, मृगेन्द्रकुमार सिंह, रानी मण्डल जसपामा छन् । उनीहरुले महेन्द्रलाई नभई आफूहरुमध्ये एकलाई मन्त्री बनाउनुपर्ने माग गरेका थिए । त्यसैले सर्लाही १ बाट प्रत्यक्ष निर्वाचित साहलाई मन्त्री बनाउने सहमति भएको थियो । नेता कार्यकर्ताले साहलाई बधाई दिन थालिसकेका थिए ।
तर राष्ट्रपति कार्यालयबाट मन्त्रीहरुको सूची आउँदा प्रमोद साहको नाम थिएन । जसपाबाट राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, महेन्द्र राय यादव कृषि, रेणु यादव भौतिक पूर्वाधार र रामसहाय यादव वन तथा वातावरणमन्त्री बनेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर