Advertisement
ताजा खबर
दुई लाख घुससहित विद्यालय व्यवस्थापन समिति सदस्य पक्राउ मिटरब्याज साहुहरु उत्रिए आन्दोलनमा चकलेटको प्रलोभनमा ३ वर्षीया बालिकालाई करणी गरि हत्या : दुई जना पक्राउ साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु

हिन्दु राष्ट्र घोषणा गर्न पराजुलीको माग

प्रतिक्षा खबर
२०८१ श्रावण २७, आईतवार १९:४४

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न माग गरेका छन् । कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा आफ्नो तर्फबाट विभिन्न १३ बुँदे लिखित धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

‘हाम्रा परम्परागत चलिआएका धर्म संस्कृतिको संरक्षण र सम्बद्र्धनमा ठोस कदम नचाल्ने हो भने देश अगाडि बढ्न सक्दैन । अतः करिब ९४ प्रतिशत ओमकार परिवार रहेको नेपाललाई परापूर्व कालदेखि चली आएको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न जोडदार माग गर्दछु,’ पराजुलीले भने, ‘यसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्ने समेत प्रस्ताव राख्दछु ।

उनले बंगलादेशमा भएको सत्ता उलटफेरमा आम जनताको भावनाको कदर गर्दै जुनसुकै अर्थमा पनि लोकतन्त्र बहाल हुनुपर्ने र यसबाट नेपालका नेताहरूले पनि मतादेश भन्दा जनभावना बुझेर काम गर्नुपर्ने बताएका छन् । बंगलादेशमा पछिल्लो समय भइरहेको हिन्दु विरोधी गतिविधिप्रति उनले भर्त्सना गरेका छन् ।

पराजुलीले समानुपातिक र समावेशी प्रतिनिधित्व नघट्ने गरी राष्ट्रिय सभामा व्यवस्थापन गर्ने, संघीय संसद् र प्रदेश संसद् तथा स्थानीय कार्यपालिकाको सिट सङ्ख्या घटाउनुपर्ने, जिल्ला संरचना हटाउनु पर्ने प्रस्ताव पनि गरेका छन् ।

उनले उत्पादनशील क्षेत्रमा मात्र ऋण लिने प्रतिबद्धता गर्नुपर्ने बताउँदै समयमै विकास निर्माण कार्य आदिको कार्यसम्पन्न गर्ने ठेकेदार आदिलाई पुरस्कृत गर्ने र जानी–जानी ढिलो गर्नेलाई आर्थिक जरिवानाको कानुनी प्रावधान बनाउनु पर्नेमा जोड दिएका छन् ।

यस्तै उनले वैदेशिक लगानी भित्र्याउने प्रयोजनमा के कस्ता बहुराष्ट्रिय कम्पनीहरूले नेपालकै कच्चा पदार्थहरू प्रयोग गर्छन् ? नेपालीहरूलाई सिप र दक्षता प्रदान गर्छन् ? ती कम्पनीहरूको अन्तर्राष्ट्रिय रेपुटेसन कस्तो छ ? मूल्याङ्कन गरेर मात्रै ल्याउनु पर्ने बताए ।

उनले आफ्नै देशका कच्चा पदार्थहरूमा आधारित वस्तु र सेवाहरू उत्पादन गर्न सके मात्र दिगो विकास हुने बताउँदै स्वदेशी वस्तु र सेवालाई प्रवर्द्धन गर्ने उत्पादन नीति बनाउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर