Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

भूमिसम्बन्धी अध्यादेश जनताको हितमा छैन : उपेन्द्र यादव

प्रतिक्षा खबर
२०८१ फाल्गुन १०, शनिबार १५:०६

मधेश प्रदेश समन्वय परिषद कतार तथा मधेशका करिब ३२ वटा संघ संस्थाको संयुक्त रुपमा आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले तराई मधेसमा रहेका ऐलानी, पर्ती, गुठीका जमिनहरू सरकारमा रहेका पार्टीका कार्यकर्ताको कब्जामा जाने भएकाले यो अध्यादेश जनताको हितमा नरहेको बताएका हुन।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले  रङ्गहरुको पर्व होली तथा आउदै गरेको रमदानको शुभकामना व्यक्त गर्दै देशको शासन प्रणालीले दुईतिहाई जनताको अधिकारको उपेक्षा गर्दा विकास नभएको दाबी गरे ।

नेपालमा बनेका सरकारले शान्ति, स्थिरता र विकासमा समेत विभेद गर्ने गरेको बताउदै विभेदले विद्रोह पैदा गर्ने हुँदा मिथिला संस्कृति नेपालभन्दा आफैंमा पुरानो भएको जिकिर गरे ।प्रवासमा रहेका मधेशीहरुले समुन्नत नेपाल बनाउन गरेको योगदान बारे समेत चर्चा गरेको थियो।

विधिवत रुपमा सुरुवात गरेको कार्यक्रममा नेपाली राष्ट्रिय गान , यहि हप्ता सडक दुर्घटनामा परी ज्यान गुमाएका गैर अवासिय नेपाली संघ कतारका सहकोषाध्यक्ष झविन्द्र आचार्य तथा शहिदहरु प्रती एक मिनेट मौन धार गरि शोक मनाएको थियो।

परिषदका सल्लाहकार प्रकाश आले मगरले  स्वागत गरेको चौथो स्थापना दिवस तथा होली मिलन समारोहमा दोहामा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा कतारमा रहेका हजारौं मधेशी दाजुभाइहरुको उत्साह जनक सहभागीता रहेको थियो।

कार्यक्रममा सप्तरीको अग्निसाईर कृष्णसंवरण गाउँपालिका-४ का क्यान्सर पीडित रामअवतार मण्डललाई कतरी रियाल ५९८ सहयोग गरेको कार्यक्रम संयोजक शिवकुमार महतोले जानकारी दिए।

आपसी मेलमिलाप सद्भावनाको सन्देश लिई मनाउदै गरेको होली तथा आउदै गरेको रमदानको शुभकामना दिदै कार्यक्रमका सभापति मोहम्मद नियाज शेखले समापन गर्दै सबैमा धन्यवाद व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर