Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

प्रचण्डले जसपा नेपाल विभाज गरायो : जसपा नेपाल

प्रतिक्षा खबर
२०८१ जेष्ठ २९, मंगलवार १७:४६

२९ जेठ, जनकपुरधाम ।
जनता समाजवादी पार्टी नेपालले हालैको पार्टी विभाजनमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हात रहेको जनाएकोछ ।
जसपा नेपालको जारी एकताको पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टी फुटाउने कार्यमा प्रधानमन्त्री दाहालको हात रहेको जनाएको हो ।
प्रतिवेदनको बुँदा १६ मा सरकारमा पार्टीको सहभागिता बारे लामो ब्याख्या गर्दै जसपा नेपालले सडक, संसद् र सरकार तीनवटै मोर्चाबाट पार्टीले सङ्घर्षलाई निरन्तर जारी राख्ने उल्लेख छ ।
पार्टीले गठबन्धन सरकार छाड्नुमा प्रधानमन्त्री प्रचण्डको समीकरण बदलिरहने प्रवृत्ति नै जिम्मेवार रहेको धुमाउरो आरोप लगाएको छ । गठबन्धन सरकारले सुशासन कायम गर्न नसकेको, संविधानको रक्षा र आवश्यक परिमार्जन गर्न नसकेको साथै मधेशी, आदिवासी जनजाति, दलित, महिला, थारु, मुस्लिम आदि समुदायको समावेशीकरणमा ध्यान नदिएको प्रतिवेदनमा जनाइएको छ ।
‘हाम्रो पार्टीले गठबन्धनमार्फत सरकारलाई अझ बढी प्रभावकारी बनाउन सङ्घीयता कार्यान्वयन, संविधान संशोधन, निर्वाचन क्षेत्र निर्धारण, विकास र सुशासनलगायतका विषयहरु समेटेर ५३ बुँदै सुझाव पनि दिएको थियो’ प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर