Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

महन्थ ठाकुरलाई महाेतरीमा धक्का ,विश्वासपात्र मानिएका सिंह नेपाली कांग्रेस प्रवेश

प्रतिक्षा खबर
२०७८ चैत्र २८, सोमबार ०५:५४

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रभावशाली युवा नेता कृष्णा सिंह आइतवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टी प्रवेश गराएका हुन् । यस्तै गृहमन्त्री बालकृष्ण खाणले पनि उनलाई पार्टीमा स्वागत गरेका थिए ।
महोत्तरीबाट प्रतिनिधित्व गर्ने सिंह लोसपाका केन्द्रीय सदस्य थिए
महन्थ ठाकुरले नेतृत्व गरेको तराई मधेश लोकतान्त्रिक पार्टीका संस्थापक नेता रहेका उनी तराई मधेश युवा फ्रन्टका केन्द्रीय अध्यक्षसमेत भइसकेका थिए । साथै उनले पार्टीको सहप्रवक्ताको भूमिका निर्वाह पनि गरेका थिए । त्यसपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा उनी प्रवक्तासमेत भएका थिए ।
महन्थ ठाकुर निकट उनी राजनीतिक विचारको लाइन नमिलेपछि कांग्रेसमा प्रवेश गरेको सिंहले बताए । बालुवाटारमा लोसपा परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गर्दा उनलाई कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवसमेतले स्वागत गरेका थिए ।सभार लाेकान्तरण

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर