Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

सरकारको भ्रष्ट र विभेदकारी चरित्रले जनविद्रोहको जोखिम बढेको छः जसपा अध्यक्ष उपेन्द्र यादव“

प्रतिक्षा खबर
२०८२ श्रावण २८, बुधबार २०:३५

महोत्तरी २८ साउन ।

जनता समाजवादी पार्टी -जसपा_ नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादवले देशमा बढदो  भ्रष्टाचार, कुशासन र जातीय विभेदका कारण जनता आक्रोशित भएको भन्दै जुनसुकै बेला जनविद्रोह हुन सक्ने चेतावनी दिएका छन् ।

जसपा सप्तरीको नवनिर्वाचित जिल्ला कार्यसमितिको शपथग्रहण तथा पदभार ग्रहण कार्यक्रममा बुधबार सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान सरकारप्रति जनता निराश हुँदै गएको उल्लेख गरे । उनले भने, “सरकारले एकल जातीय वर्चस्व कायम गर्दै तानाशाही प्रवृत्ति देखाइरहेको छ।“

यादवले सरकारको भ्रष्ट र नस्लीय प्रवृत्तिको आलोचना गर्दै देश उल्टो दिशातर्फ अघि बढिरहेको बताए । उनले मधेशमाथी योजनाबद्ध रूपमा विभाजन गरिएको आरोप लगाउँदै भने, “स्वायत्त मधेशको कुरा संविधानमै लेखिएको छ, तर प्रतिनिधित्व र बजेटमा अन्यायपूर्ण विभाजन भइरहेको छ ।”  कार्यक्रममा मधेश प्रदेश सभा सदस्य अनिरूद्ध प्रसाद यादवले राजगढ गाउँपालिकामा लालु यादवको मृत्युप्रती दुःख व्यक्त गर्दै दोषी प्रहरीलाई कारबाहीको माग गरे ।

अन्य वक्ताहरूले पनि संगठन सुदृढीकरण, अधिकारका लागि संघर्ष र जनजागरणको आवश्यकता औंल्याएका थिए । कार्यक्रममार्फत अवकाशप्राप्त इन्जिनियर योगेन्द्र प्रसाद यादवले जसपा नेपालमा औपचारिक रूपमा प्रवेश गरेका छन् ।नवनिर्वाचित जिल्ला अध्यक्ष केदार यादवले पार्टी सशक्त बनाउन प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर