Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

मिथिला क्षेत्रमा जितिया पर्व मनाईदै , संतानको दीर्घजीवनको आमाले गर्छिन कामना

प्रतिक्षा खबर
२०८० आश्विन १८, बिहीबार २०:४२

गोपाल झा

महोत्तरी असोज १८ गते

संतानको दीर्घ जीवन तथा पारिवारिक सुख शान्तिका लागि महीलाहद्वारा मनाइने कठोर ब्रत जितिया पर्व आजदेखि महोत्तरी सहीत मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक शुरु भएको छ ।

मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ आज महोत्तरी लगायत मिथिलाञ्चल क्षेत्रमा नहाय खा नुहाएर खानु विधि गर्दै पर्ब शुरु भएको छ  । व्रत बस्नु अघि आज बिहीबार व्रती महिलाहरु नजीकको नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जिमुतबाहन र आ आफ्नो दिवङ्गत पितृलाई चिउरा, दही अमोट आँपको रसबाट तयार पारीएको खाद्य पदाथ र पिना खरी , प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने चलन रहेको छ ।

त्यसैगरी शुक्रबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी यस बर्ष शनिबार बिहान साढे १० बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्दैै ब्रत बिसर्जन गर्ने   जनाईएको छ ।

हिन्दु महीला धर्मावलम्वीहरुले उपवास गर्ने पर्व मध्येकै सबैभन्दा कठोर ब्रत मानिने  जितीया ब्रतमा व्रतालुले थुक समेत निल्न नहुने र निराहार उपवास बसी ब्रतलाई खण्डित गर्न नपाउने नियम रहेकाले यस पर्वलाई मिथिलाञ्चलमा मनाइने कठोर व्रत मध्यको एक भन्ने गरिन्छ ।

     यस पर्वमा मध्यरात्रीमा खाने बिधि ओंगठनको विशेष महत्व रहेको छ । बिहिबार राती   सुभ साईत अनुसार मध्यरात्रीमा परिवारका सम्पुणर् सदस्य उठेर दहि च्युरा, गुण र आमको अमोट तथा काक्रो पहिला जिमुतबाहन देउतालाई चढाए पछी घरको पर्खालमा अडेस लागेर खाने कार्यलाई ‘ओंगठन’भन्ने गरिन्छ । जुन यस पर्वको मूख्य विशेषता हो ।

जितिया पर्व मधेसी संस्कृतिको पर्वमध्ये एउटा मुख्य ब्रतको रुपमा पनि लिइन्छ । यस पर्वलाई जिमुतवाहन व्रत पनि भन्ने गरिन्छ । विशेष रुपले आइतबार र मंगलबार पर्ने जितियालाई अधिक महत्व दिने प्रचलन रहेको छ । यसलाई खडजितिया पनि भनिन्छ । मिथिलाञ्चलमा कुनै व्यक्ति ठुलो दुर्घटनाबाट बच्दा उनको आमाले खड्जतिया गरेकी रहेछन भने जनविश्वास पनि रहँदै आएको छ ।

जिमुतवाहन देउताबारे एउटा कथा पनि रहेको छ । भविष्य पुराण अनुसार शालिवाहन राजाका पुत्र जिमुतवाहन थिए । उनी माथि महादेवको कृपा थियो । नियम निष्ठाले व्रत गर्ने महिलालाई उनले सन्तान दीर्घायु हुने वरदान भगवानबाट प्राप्त गरेका थिए । जितिया पर्वमा चिल र स्यालको पनि पूजा गर्ने प्रचलन रहेको छ । जितिया पर्व गर्ने व्रतिले गाई, परेवा, काग, कुकुर, हाँस, बाघ, मुसो लगायतको जनावरको पूजा समेत गर्ने गर्छन।

यता मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिँदै आएको यस पर्वबारे पछिल्लो पुस्ता अनविज्ञ हुँदै गएको छ । पर्वमा सन्तानका लागि नभनिएर पुत्रको कल्याण र सौर्यवृद्धिको कामना भनिने परम्परा रहेकाले यस पर्वले सन्तानभित्र नै लैङ्गिक विभेद गरेको भन्ने स्वर नयाँ पुस्तामाझ सुनिन थालेको छ । पहिला आमाले सन्तानकै लागि यो व्रत सुरु गरेका भए पनि कालान्तरमा परिवार र समाजमा पुरुष प्रभुत्व बढ्दै गएपछि ‘पुत्र’ का लागि भनेर विभेद भित्रीयाइएको पनी बुdmLन्छ ।

जितिया पर्वबारे धर्म शास्त्रपुराण अनुसार कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा पाकरीको रुखको फेदमा एउटा स्याल र हाँगामा चिल बस्ने गर्थे । दुवै मित्र थिए । एक दिन जितिया पर्व मनाउने महिलाहरु नर्मदा नदीमा स्नान गरी त्यही रुखको फेदमा बसेर जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन गरेका थिए । व्रतालु महिलाको कथा सुनेर चिल र स्याललाई पनि जितिया व्रत गर्ने इच्छा जागृत भयो । दुवैले सल्लाह गरी व्रत बस्ने निधो गरे । सोही राति नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकका आफन्त शवको अधिकांश भाग जलेपछि छाडेर घर फर्के । उनीहरु फर्केर गएको देखेर स्याललाई मृतकको मासु खाने इच्छा जाग्यो र साथी चिललाई थाहै नदिइ मासु पनि खायो र केही लुकाएर पनि राखेको चिलले हेरिरहेको थियो । दुवैको जन्म भास्कर नामक ब्राह्मणको घरमा भयो । चिलको शिलावती र स्यालको कर्पुरावतीका रुपमा जन्म भयो । जेठी शिलावतीको विवाह धनवानको घरमा र कर्पुरावतीको राजाको घरमा । जेठी शिलावतीको सात छोरा भए तर महारानी भएकी कर्पुरावतीको छोरा जन्मिए पनि मृत्यु भयो ।

यो घटनाले दुवैको सम्बन्ध विग्रियो । अनि शिलावतीले आफनी बहिनीलाई पूर्व जन्मको घटना स्मरण गराउँदै व्रत भंग गरेको कारण यस जन्ममा तिम्रो सन्तानको मृत्यु भएको भनी जानकारी गराएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । त्यसै कारणले यो व्रत जति कठोर भएपनि व्रतलाई कसैले खण्डित गर्न चाहँदैनन् ।

मिथिला क्षेत्रमा एउटा अर्को भनाइ पनि प्रसिद्ध छः जितिया, दशै, दशैँ सोरहे सुकराति, सुकराति छवे छठी । जखने भेल छठ सव पाविन वईठ ।

यस भनाइले पनि जितिया सकिए लगत्तै विजया दशमी दिपावली र छठ पर्वको रौनकतालाई प्रष्ट गर्दछ । यो व्रत खण्डित हुँदा सन्तानलाई अनिष्ट हुने जनविश्वास रहेकाले यस पर्वले सामाजिक, धार्मिक र साँस्कृतिक विविधतालाई पनि सामाजिक संरचनाकै अभिन्न पर्वको रुपमा बुझ्नु जरुरी भएको छ ।

समय अनुसार पुजाको बिधि पनी परिबर्तन भएको छ । 

आशिन कृष्ण सप्तमीको दिन नहाय खायबिधि गरे पछी अष्टमीका दिन व्रतालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान सूर्यलाई अर्घ अर्पण गर्छीन् । त्यसपछि व्रतको सङ्कल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, र केरालगायतका फलफूल राखेर नया कपडाले छोपिन्छ ।

मध्याह्नतिर टोलभरीका महिलाले एकठाउँमा भेला भएर जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ, जिमुतवाहन देउताको बारेमा पुरोहित बाजेले कथावाचन गर्छन् र सबैले कथा श्रवण गरेपछि आ-आपना घर फर्किन्छन् । साँझतिर आँगनलाई गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हांगा गाड्नुका साथै हँंगामा माटोको चिलको आकृति बनाउछ र हाँगामुनि स्यालको आकृति बनाउँछ । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालु महिलाले पूजापाठ गर्ने गर्छीन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर