Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जसपा नेपालको महाधिवेशन आजदेखि,१८ वर्षपछि पहिलो पटक महाधिवेशन, कसले देला उपेन्द्रलाई चुनौति ?

प्रतिक्षा खबर
२०८१ जेष्ठ २८, सोमबार १०:०७

जनकपुरधाम । २०६३ सालको मधेश आन्दोलनको क्रममा उपेन्द्र यादवको नेतृत्वमा गठन गरिएको मधेश जनअधिकार फोरम नेपालदेखि जनता समाजवाद पार्टी (जसपा) नेपाल सम्म पुग्दा १८ वर्ष पुगेको छ । यि १८ वर्षको अवधिमा पार्टी टुटफुट तथा विभिन्न कालखण्डमा विभिन्न पार्टीसँग एकता गर्दै मधेशी जनअधिकार फोरम नाम नै फेरिएर अहिले जनता समाजवादी नेपाल भएको छ ।

तत्कालिन महन्थ ठाकुर नेतृत्वको राजपा र सँग उपेन्द्रले आफ्ना नेतृत्वको संघीय समाजवादी पार्टी एकता गरि जनता समाजवादी पार्टी गठन गरेका थिए । तर त्यो एकता एक वर्ष सम्म पनि चलेनन् र महन्थ ठाकुरको नेतृत्वको लोसपा अलग पार्टी गठन भयो । एक अघि पार्टीका वरिष्ठ नेता अशोक राई नेतृत्वमा जसपा नेपालबाट जसपा पुनः अलग पार्टी भयो । यसरी जसपा नेपाल बन्दा देखि नै अहिले सम्म दुई पटक फुटि सकेको छ ।


पार्टी विभाजन भएपनि उपेन्द्रले पुर्व घोषित समयमै महाधिवेशन गर्न लागेका हुन् । पार्टी गठन भएपछि पहिलो पटक उपेन्द्रले पहिलो पटक महाधिवेशन सामना गर्न लागेका हुन् । उपेन्द्र यस्तो बेला महाधिवेशनको सामना गर्न लागेको जुन वेला उनका प्रतिद्धन्दीहरु कमजोर छन् । कारण पार्टी भित्र उपेन्द्रलाई टसल दिने वरिष्ठ नेता अशोक राई, रेणु यादव, इतियाक राईसहितकाले पार्टी फोडेर जसपा गठन गरि अहिले संघीय सरकारमा छन् ।

पार्टी भित्र फरक मत राख्ने राजकिशोरले महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने भनिएपनि उपेन्द्रको अगाडी उनी कमजोर उम्मेदवारको रुपमा हेरिएको पार्टीका नेताहरु बताउँछन् । राजपाको एकतासँगै राजकिशोर जसपा नेपालमा आएको कार्यकर्ताहरुको उनको त्यति पकड हुन सकेको छैन । यस्तो अवस्थामा उपेन्द्र सर्वसहमति अध्यक्षमा चयन हुने सम्भावना प्रबल रहेको नेताहरु बताउँछन् ।

एक नेताका अनुसार राजकिशोर सहअध्यक्षमा बार्गेनि गर्ने उदेश्यले अध्यक्षमा उम्मेदवारी दिने नेता तथा कार्यकर्ताहरुलाई सुनाउने गरेका छन् । तर लामो समयदेखि उपेन्द्र यादव नै अध्यक्षमा रहेकोले नेता तथा कार्यकातामा परिर्वतनको नारा लिएर राजकिशोर यादव अगाडी आएको खण्डमा चुनौतिक दिन सक्ने नेता राजकिशोर निकट नेताहरु बताउँन् ।

मधेश प्रदेशको राजधानि जनकपुरधामको तिरहुतिया गाछीमा आजदेखि सुरु भएको ३० जेठ सम्म चल्ने महाविशेनको पुरा तयारी भईसकेको महाधिवेशनको प्रचार प्रसार समितिका संयोजक जितेन्द्र यादवले बताए । महाधिवेशनमा देशभरिबाट करिव १२ सय महाधिवेशन प्रतिनिधीको सहभागि हुने उनले बताए ।

१ लाख ४५ हजार सक्रिय सदस्य रहेको जसपा नेपालले प्रति दुई सक्रिय सदस्यमा एक प्रतिनिधी र ५ प्रतिशत मनोनितलाई महाधिवेशन प्रतिनिधि बनाईएको छ । महाधिवेशनमा सहभागी हुने मधेश प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूले आज बेलुकी ५ बजेसम्म दर्ता गरिसक्नु पर्नेछ । अन्य प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूले जेठ २८ गते बेलुकी ५ बजेसम्म दर्ता गर्न पाउने उनले बताए ।


केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि तथा पर्यवेक्षकका लागि दर्ता शुल्क १ हजार ५ सय रुपैयाँ तोकेको छ । महाधिवेनशलाई भव्य बनाउन दुई मुल समिति र १० समितिहरु गठन गरिएको छ । करिव
स्वास्थ्य उपचारको भपर्दो व्यवस्थापन


चर्को गर्मीका भईरहेको महाधिवेशनमा सहभागि हुने प्रतिनिधी तथा आम कार्यकर्ताहरुको स्वास्थ्य समस्या आउने सक्ने भएकोले जसपा नेपालले स्वास्थ्य उपचारको लागि भर्दो व्यवस्थापन गरेको छ । जसपाले अत्यधिक गर्मी भएकोले मधेश प्रदेशका जिल्लाहरुबाट मात्रै कार्यकर्ताहरुलाई महाधिवेशना बोलाउने व्यवस्था गरेको छ ।
महाधिवेशनमा सहभागि भएको कार्यकर्ताको स्वास्थ्यमा समस्या भए महाधिवेशन स्थलमै ५ बेडको स्वास्थ्य शिविर निर्माण गरिएको छ । त्यसमा अक्सिजनदेखि इसिजिसहितको सेवाको व्यवस्था गरिएको स्वास्थ्य शिविर व्यवस्थापन समितिका संयोजक तथा पुर्व स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवले बताए ।
पुर्वका जिल्लाहरुबाट महाधिवेशना आउने नेता तथा कार्यकता बाटोमो विरामी भएको खण्डमा सिरहाको गोलबजारमा रहेको भुमिजा अस्पताल र पश्चिमबाट आउनेको लागि चन्द्रनिगाहपुरको चन्द्रनगर अस्पतालमा निशुल्क उपचारको व्यवस्थापन गरिएको छ । त्यसैगरि, जनकपुरधामको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग अस्पताल, सुरक्षा अस्पताल, महोत्तरी रामगोपालपुरको जानकी एकेडमी हस्पिटलमा स्वास्थ्यको उपचारको निःशुल्क व्यवस्थापन गरिएको उनले बताए ।

विभिन्न देशका प्रतिनिधी सहभागि हुने
महाधिवेशनको उद्घाटन समारोहमा भारतीय कांग्रेस, राष्ट्रिय जनता दल र समाजवादी पार्टी, मलेसियाको डेमोक्रेटिक पार्टी, अजरबैजानको अजबैजान समाजवादी पार्टी, स्पेन, चीन, इन्डोनेसिया लगायत मुलुकका लोकतान्त्रिक तथा समाजवादी पार्टीका प्रतिनिधिहरु सहभागि हुने उनले बताए ।

पदाधिकारीमा अकांक्षी धेरै भएपछि चुनाव हुने सम्भावना


पार्टीको नयाँ विधान अनुसार महाविधेशबाट २० पदाधिकारीसहित १५१ जना केन्द्रिय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित हुने छ ।
तर महाधिवेशनबाट हाल रहेको १५१ जनाको केन्द्रिय कार्यसमितिलाई संसोधन गरेर २०१ बनाउने गरि संसोधन गरिने छ । महाधिवेशबाट अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ । सात सचिवमा भने प्रादेशिक क्लस्टरका आधारमा चयन हुने छ ।

अध्यक्षमा उपेन्द्र यादव र राजकिशोर यादवको बीच प्रतिस्पर्धा देखिन्छ । तर अधिकांश नेताहरुले अध्यक्ष उपेन्द्र सर्वसहमति अध्यक्ष चुनिने दावि गरेका छन् । नेताहरुले अध्यक्ष वाहेक सबै पदा निर्वाचन हुने भनिएपनि निर्वाचनको सम्भावना कम रहेको एक नेताले बताए । महाधिवेश निर्वाचन प्रक्रियाबाटै हुन्छ । तर अन्तिम समयमा सर्वसहमत हुने सम्भावना प्रब्ल छ ।

अध्यक्षको चयन भएपछि बाँकी पदाधिकारीमा निर्वाचनको पक्रिया सुरु हुन्छ । त्यसपछि अकांक्षि उम्मेदवारहले आफुले रोजेको पदमा उम्मेदवारी दिन्छ । तर पछि अध्यक्षले पदाधिकारी छनौटको सबै अधिकार आफ्नो हातमा राखेर पदाधिकारी छनौट गर्ने सम्भावना रहेको एक नेताले बताए ।
अध्यक्ष वाहेक सबभन्दा बढी चर्चा सहअध्यक्ष पदमा छ । राजकिशोर यादवले अध्यक्षमा उम्मेदवारी नदिए सहअध्यक्ष पदमा उम्मेदवारी दिने सम्भावना छ । सो पदमा पुर्व मुख्यन्त्री लालबाबु राउत,रकम चोङ्गजोङ्ग, विजय यादव लगायतका अकांक्षि देखिएका छन् ।
त्यसैगरि, उपाध्यक्षमा अहिले सम्म कुनै उम्मेदवार खुल्न सकेको छैन । तर पार्टी भित्र उपाध्यमा हरिनारयण यादव, शिवलाल थापा,सुमन चौधरी, किशेरी यादव, , रामअवतार यादव, उर्मिला साह, रेखा यादव, खालिद सिदिद्धी सहितका आकंक्षी देखिएका छन् ।

महासचिवमा दिपक कार्की, रामकुमार शर्मा, रामकिशोर यादव, प्रकाश अधिकारी, विजय यादव लगायतका उम्मेदवारी दिने चर्चा रहेको छ । सहमहासचिव शैलेन्द्र प्रसाद साह, सर्शराम यादव, निर्मला यादव लगायतका अकांक्षी देखिएका छन् । सचिवमा डा. सुरेन्द्र यादव, ज्ञानेन्द्र कुमार यादव, जितेन्द्र यादव, रामअशिष यादव लगातयका अकांक्षी देखिएको छ । त्यसैगरि, कोषाध्यक्ष बलराम महतो, प्रमिला यादव लगायतका अकांक्षी देखिएको नेताहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर