Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

इजरायलमा मारिएका आनन्द साहको शव धनुषा ल्याइयो

प्रतिक्षा खबर
२०८० कार्तिक १८, शनिबार २१:२७

१८ कात्तिक, जनकपुरधाम । गत ७ अक्टोबरमा प्यालेस्टाइनका चरमपन्थी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाका आनन्द साहको शव घर ल्याइएको छ ।
नेपाली सेनाले आफ्नो विशेष विमानबाट शनिबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सपहीमा रहेको उनको घरमा ल्याइ दिएको हो ।
विमानबाट शनिबार अपराह्न साढे ५ बजे जनकपुरधाम विमानस्थलमा उनको शव ल्याइएको थियो ।
विमानस्थलबाट नेपाली सेनाकै टोलीले स्कर्टिङ गरेर आनन्दको शवलाई उनको घर पुर्याएको हो ।
उनको शव ल्याइएपछि घरपरिवारसहित गाउँबासी शोकमग्न एवम् भावविह्वल भएका छन् ।
शनिबार राति नै आनन्दको दाहसंस्कार गर्ने तयारी गरिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टिकापुरको टिकापुर मल्टिपल क्याम्पसमा एग्रिकल्चरमा बीएससी पढेका आनन्द गत भदौमा अभ्यासका लागि इजरायल पुगेका थिए ।
चार सन्तानका बुबा सोमन साहका उनी एकला छोरा थिए ।
गत १३ कात्तिकमा मात्रै परराष्ट्र मन्त्रालयले आनन्दको शव पहिचान भएको बताएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर