Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

जनकपुरमा कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु

प्रतिक्षा खबर
२०८१ जेष्ठ ५, शनिबार १०:५३

५ जेठ, जनकपुरधाम । जनकपुरमा कारले मोटरसाइकलमा ठक्कर दिंदा एक जना पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा राजधानी जनकपुर अनलाइनमा कार्यरत ३२ वर्षीय शिवेन्द्र रोहिता छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान ३ बजेतिर जनकपुरधामको थापाचोकमा बा२१च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकलमा पछाडि बस्ने मृतक रोहिताका साथी २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ ।
मृतक पत्रकार रोहिता धनुषाको शहीदनगर नगरपालिका ८ का बासिन्दा हुन् ।
कार र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर