Advertisement
ताजा खबर

जनकपुरमा कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु

प्रतिक्षा खबर
२०८१ जेष्ठ ५, शनिबार १०:५३

५ जेठ, जनकपुरधाम । जनकपुरमा कारले मोटरसाइकलमा ठक्कर दिंदा एक जना पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा राजधानी जनकपुर अनलाइनमा कार्यरत ३२ वर्षीय शिवेन्द्र रोहिता छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान ३ बजेतिर जनकपुरधामको थापाचोकमा बा२१च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकलमा पछाडि बस्ने मृतक रोहिताका साथी २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ ।
मृतक पत्रकार रोहिता धनुषाको शहीदनगर नगरपालिका ८ का बासिन्दा हुन् ।
कार र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर