Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

काँग्रेसको वडा अधिवेशनमा दुई समूहबीच विवादमा गोली चलदा दुइजना घाइते

प्रतिक्षा खबर
२०७८ मंसिर १२, आईतवार १८:२६

बलरा – सर्लाहीको बलरा नगरपालिका–९, अचलगढमा काँग्रेसको वडा अधिवेशन स्थलमा पार्टीकै दुई समूहबीच विवाद भएपछि गोली चलेको छ ।
आइतबार दिउँसो अधिवेशन चलिरहेको समयमा काँग्रेस नेता एवं प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह त्यहाँ पुगेका थिए । सोही बेला काँग्रेस नेता एवं सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह र प्रदेश सरकारका मन्त्री वीरेन्द्र प्रसाद सिंहका कार्यकर्ताबीच हात हालाहाल भएपछि मन्त्री सिंहका अङ्गरक्षकले एक राउण्ड हवाई फायर गरेका हुन् ।
विवादका क्रममा आफ्ना अङ्गरक्षक (पीएसो) प्रहरी हवल्दार रामचन्द्र खङ्ग र सहयोगी रामचन्द्र महतो घाईते हुनुभएको मन्त्री सिंहले जानकारी दिए । घाईते दुवै जनाको जिल्ला अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ ।
मन्त्री सिंहले डा. अमरेश कुमार सिंह निकटका कार्यकर्ताले मतदान अधिकृतलाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले समिति चयन गर्न नपाएपछि आफू र आफ्नो कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाएका छन् । विवादपछि अचलगढमा आइतवारका लागि काँग्रेसको वडा अधिवेशन स्थगित भएको छ ।
यस्तै, बलराकै वडा नं. ५ अर्नाहा र वडा नं. ११ छतौनामा पनि विवादकै कारण वडा अविधेशन स्थगित गरिएको छ । वडा नं. २, ३, ४, ६ र ७ मा भने सहमतीमा नेतृत्व चयन भएको छ ।
११ वटा वडा रहेको बलरा नगरपालिकाका बाँकी वडाहरुमा सोमवार मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिने बताइएको छ । सर्लाहीको ४ नम्वर निर्वाचन क्षेत्रमा पर्ने बलरा नगरपालिका सुरक्षाको हिसाबले अति संवेदनशील मानिन्छ ।उज्यालाे अभियान

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर