Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

पवित्रालाई हौसला दिन पुगिन् मुस्कान, भनिन्- रोएर हिम्मत नहार्नु, अपराधीहरूको हौसला बढ्छ

प्रतिक्षा खबर
२०७७ श्रावण ९, शुक्रबार ११:१६

बिहीबार भएको एसिड प्रहारबाट घाइते बनेकी पवित्रा कार्कीलाई अस्पतालमा भेट्न पुगेकी मुस्कान खातुन।
बिहीबार साँझ एसिड प्रहार गरिएकी पवित्रा कार्कीलाई हौसला दिन एसिड आक्रमणबाट पीडित मुस्कान खातुन शुक्रबार बिहान कीर्तिपुरस्थित कीर्तिपुर अस्पताल पुगेकी छन्।
उनी पौने ९ बजे त्यहाँ पुगेकी हुन्।
उनी आफ्नो फलोअपका लागि हिजोमात्र अस्पताल पुगेकी थिइन।
घटना भएको थाहा पाएपछि आफ्ना बाबुलाई भनेर मुस्कान बिहानै पवित्रालाई भेट्न र हौसला दिन अस्पताल पुगेकी हुन्।
अस्पताल पुगेर उपचार गराइरहेकी पवित्रालाई हिम्मत नहार्न सुझाव दिएकी छन्।
‘रोएर हिम्मत हार्न हुँदैन। रोयो भने अपराधीहरूको हौसला बढ्छ’, पवित्रालाई हौसला दिदैं मुस्कानले भनिन्।
यसैगरी उनले सरकार समक्ष घटनाका दोषी रौटहट लक्ष्मीपुर घर भइ काठमाडौं स्थित डल्लु बस्दै आएका मोहम्मद आलाम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई कडा कारवाही गर्नुपर्ने माग गरेकी छन्।
बिहीबार साँझ पौने आठ बजे नागार्जुन नगरपालिका-४ सृजनशील टोलमा ओखलढुङ्गाकी २२ वर्षे पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो।
एसिड प्रहार गरिएकी पवित्राको गाला, हात र कपालमा एसिड परेको छ। उनलाई गम्भिर जलन नभएको जानकारी अस्पतालकी एक नर्सले सेतोपाटीलाई दिइन्।
हाल उनको शरिरमा एक प्रतिशत जलन भएको देखिएको छ बने खास कति जलन भयो भन्ने कुरा एकछिनमा उनलाई अपरेसन थिएटरमा लगेपछि थाहा हुने ती नर्सको भनाइ छ।
अस्पतालले एसिड प्रहारबाट चलेको भाग सफामात्र गर्ने जनाएको छ। पवित्राको उपचारमा संलग्न चिकित्सक, डा. शंकरमान राईले आज उनको जलेको भाग सफामात्र गरिने र अप्रेसन नगर्ने बताएका हुन्।
घटना घट्ने बित्तिकै एसिड प्रहार गर्ने व्यक्तिहरूलाई पक्राउ गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अपराध महाशाखाको टोली खटिएको थियो।
प्रहरीले सिसिटीभी फुटेजको आधारमा पहिचान गर्दै उनीहरूलाई पक्राउ गरेका हो।
केटीले अर्को केटा मन पराएको रिसमा मोहम्मद आलामले आफ्नो कारखानमा कार्यरत मुन्ना मोहम्मदलाई शौचालय सफा गर्न प्रयोग हुने एसिड प्रहार गर्न लगाएका थिए।
एसिडले मुन्नाको हातमा समेत केही प्रतिशत जलेको छ।
पवित्रालाई भेट्न अस्पताल पुगेकी मुस्कान खातुन स्वयं एसिड प्रहार घटनाकी पीडित हुन्।
मुस्कानमाथि गत वर्ष भदौ २० गते बिहान ६ बजेको समयमा दुई किशोरले एसिड प्रहार गरेका थिए।
एसिड प्रहारबाट गम्भिर घाइते खातुनलाई त्यतिबेला देशभित्रबाट नभई थुप्रै बलिउड कलाकारले भिडिओमार्फत स्वास्थ्य लाभको कामना गर्दै हौसला प्रदान गरेका थिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर