Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

मेयर भरत विरुद्ध भ्रष्टाचार मुद्दा दायर, पदबाट निलम्बित

प्रतिक्षा खबर
२०८० चैत्र २८, बुधबार २०:४३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत प्रसाद थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक पदमा बसेर स्रोत नखुलेको करोडौं सम्पति आर्जन गरेको भन्दै अख्तियारले थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
२०७४ असोज ७ गते बागमती नगरपालिकाको पहिलो पटक र दोश्रो पटक समेत निरन्त मेयरमा निर्वाचित भएको २०७९ माघ २९ गतेसम्मको अवधिमा उनले ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ स्रोत नखुलेको सम्पति आर्जन गरेको अख्तियारको ठहर छ ।
अख्तियारका अनुसार २०७४ असोज ७ गते अघि उनको संगोलको सम्पति ७ करोड ८६ लाख ५० हजार २०१ रुपैयाँ संगोल परिवारको सम्पति रहेकोमा मेयर भए यता उनले १३ करोड २० लाख ५ हजार ३९१ रुपैयाँ खर्च तथा लगानी भएको देखिएको छ । उनले सार्वजनिक पदको दुरुपयोग गरेर ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी सम्पति आर्जन गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
त्यसै गरी उनले गैर कानूनी रुपमा आर्जन गरेको सम्पति असुल उपर हुनु पर्ने अख्तियारले माग दावी गरेको छ
मेयर थापाले आर्जन गरेको गैर कानुनी सम्पति उनकी श्रीमती रेश्मी कुमारी घिमिरे थापा, उनका भाई रामकुमार थापा र भाई बुहारी द्वारिका राउतको नाममा समेत देखिएकाले उनीहरुलाई समेत अख्तियारले प्रतिवादी बनाएको छ । थापा नेकपा माओवादी केन्द्रबाट दोश्रो पटक मेयरमा निर्वाचित छन् ।
भ्रष्टाचार मुद्दा दायरसंगै उनी पदबाट निलम्बित भएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर