८ माघ, काठमाडौं । नेकपा एमालेको मधेश प्रदेश कमिटीले आगामी चैतभित्र सबै जिल्लाको अधिवेशन गरिसक्ने निर्णय गरेको छ ।
जनकपुरमा बसेको प्रदेश कमिटीका पदाधिकारी बैठकले महोत्तरी, रौतहट, पर्सा र बारा जिल्ला अधिवेशनको मिति समेत तय गरेको छ ।
प्रदेश कमिटी सचिव मनोज पौडेलका अनुसार, २२–२३ माघमा महोत्तरी, २५–२६ माघमा रौतहट, २८–२९ माघमा पर्सा र १२–१३ फागुनमा बारामा जिल्ला अधिवेशन हुनेछ ।
सर्लाही, धनुषा, सिरहा र सप्तरीमा पनि चैतभित्र महाधिवेशन गरिसक्ने एमाले नेता सराेज कुमार यादवले बताए । १८ माघमा रौतहट, २० माघमा बारा, २१ माघमा पर्सा, ५ फागुनमा सर्लाही र सिरहाको परिषद् बैठक बस्नेछ । ७ फागुनमा धनुषा र सप्तरीको परिषद् बैठक बस्ने निर्णय भएको छ







