Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

धरानका मेयरले हटाए कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर

प्रतिक्षा खबर
२०८० पुष १२, बिहीबार १९:०३

१२ पुस,  सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरान संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए । उनले प्रधानमन्त्री र राष्ट्रपति फोटो हटाएर यलम्बरको फोटो राखेको एक कर्मचारीले बताए ।
‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ! जय देश !,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।
धरान उपमहानगरका प्रवक्ता समेत रहेका १७ नम्बर वडाका अध्यक्ष मनोज भट्टराईले मेयर साम्पाङले कानुन विपरीत काम गरेको बताए ।
‘उहाँले देशको प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएर अराजकता देखाउनु भएको छ । उहाँको यो कदममा धरानको कार्यपालिकाले नीतिगत रुपमा विरोध गरेर, कानुनी दायरामा ल्याउन पहल गर्छ । उहाँको अराजकताले सीमा नाघेको छ,’भट्टराइले भने ।
धरान उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलासँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनले यो विषय आफूलाई थाहा नभएको बताइन् ।
‘म आज कार्यालय प्रमुखहरुको भेलामा इटहरीमा आएको छु, बिहान म कार्यालयबाट निस्किँदा प्रधानमन्त्री र राष्ट्रपतिका फोटा थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर