Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा मलेसियामा ३१ सदस्यीय नेपाली समाज गठन

प्रतिक्षा खबर
२०८२ जेष्ठ १८, आईतवार २१:१४

मलेसिया ,क्वालालम्पुर जेष्ठ १८ – मलेसियाको राजधानी क्वालालम्पुरमा एक भव्य समारोहका बीच ‘नेपाली समाज मलेसिया’को नयाँ ३१ सदस्यीय कार्यसमिति चयन गरिएको छ। कार्यक्रम जनता समाज पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष, पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री उपेन्द्र यादवको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो।

नेपाली र मलेसियाली विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली समुदायको एकता, संगठन र प्रवासी नेपालीका हकहितमा काम गर्ने उद्देश्यका साथ नयाँ नेतृत्व चयन गरिएको हो। कार्यक्रममा नेपाली राजदूत महामहिम डा. नेत्रप्रसाद तिमल्सिना विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।

बैठकले सर्वसम्मत रूपमा विनोद कुमार यादवलाई अध्यक्ष चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ। उपाध्यक्षमा पूवराज चौलागाईं र ङावाङ नुरी शेर्पा रहेका छन् भने महासचिवमा विप्लवी तेन्जु योन्जन चयन भएका छन्। सचिव विक्रम याख्खा, सहसचिव राम प्रवेश राय यादव, उपसचिव घुरण ठाकुर चयन भएका छन्। सदस्यहरूमा भग नारायण यादव, वरहम देव शाह, श्रीराम मण्डल, खगेन्द्र यादव, सुरेश यादव, राम विनय साह, रन्जीत सन्त, कर्ण विर सिंह, दामोदर यादव, उमेश यादव, ललित मान तामाङ, प्रेम मुखिया, मनीष यादव, सुदामा यादव, विपना कार्की, देव साहु सोनार, कमल सिंह तामाङ, शिव शंकर साह, रामशरण यादव र पिताम्बर सरदार रहेका छन्।

कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, सेन्टर फर साउथ काठमाडौंका डाइरेक्टर डा. निश्चलनाथ पाण्डे, मधेस प्रदेश सभा सदस्य तथा जसपाका केन्द्रीय कार्यकारी सदस्य राजकुमार गुप्ता, आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राई, डेमोक्रेटिक एक्सन पार्टीकी पूर्व सांसद तथा अन्तर्राष्ट्रिय सचिव कस्तुरी पट्टो, बुकित गासिङ राज्यसभा सदस्य राजिव रिश्याकरन, सिटी काउन्सिलर कुसालिनी महेन्द्रन, डिएपी समाजवादीका युवा उपाध्यक्ष इस्कन्दर फारीज, बंगलादेश नेशनलिष्ट पार्टीका महेबु आलम, एनआरएनए मलेसियाका अध्यक्ष राकेश महतो, एनआरएनएका एशिया प्यासिफिक संयोजक हरि प्रसाद भट्टराई र पूर्व सचिव एवम् अभियन्ता खगेन्द्र न्यौपानेको समेत उपस्थिति रहेको थियो।

समितिका पदाधिकारीहरूका अनुसार मलेसियामा रहेका नेपालीहरूको हकहितका लागि सामाजिक, सांस्कृतिक र पारस्परिक सहयोगमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै प्रवासी समुदायमा एकता र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता रहेको छ। कार्यक्रममा सहभागीहरूको उत्साहजनक सहभागिताले मलेसियामा नेपाली समाज अझ संगठित, सशक्त र साझा आवाजका रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर