Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

महोत्तरीको जलेश्वरबाट लागूऔषध गाँजासहित दुईजना पक्राउ

प्रतिक्षा खबर
२०८० आश्विन ३, बुधबार २१:४१

गोपाल झा

 महोत्तरी , असोज ३ गते

महोत्तरीको सदरमुकाम जलेश्वर बजारबाट प्रहरीले दुई क्विन्टल भन्दा बढी लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान करीब ८ बजे जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटीगएको प्रहरी टोलिले जलेश्वर नगरपालिका-१ स्थित जलेश्वरको मुटु मानिने जलेश्वरनाथ महादेब मन्दिर नजिकबाट दुई क्विन्टल १० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बा.प्र.०१-०२६ च ४९२१ नम्बरको पिकप गाडीमाथि शङ्का लागि चेकजाँच गर्दा लुकाई छिपाई राखिएको १४ पोकामा अन्दाजी दुई क्विन्टल १० किलो लागू औषध गाँजा बरामद भएको हो ।

चौघ वटा पोकामा लागूऔषध गाँजा बरामद भएपछि गाडी सहित सहचालक धादिङ जिल्ला थाक्रे गाउँपालिका- ७ बस्ने वर्ष २३ को जीवन तामाङ र महोत्तरी जिल्ला जलेश्वर नगरपालिका- ७ बस्ने वर्ष २५ को सुरेन्द्र दासलाई नियन्त्रणमा लिइएको महोत्तरी प्रहरी जनाएको छ ।

पिकअप भित्र गाडीको बीचमा १४ वटा पोकामा राखिएको गाँजा चारै तिरबाट मिनिरल वाटरको पोकाले छोपिएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक गिरीले बताएका हुन् ।

पानी बोकेको पिकअपको चालक र सहचालकको गतिविधि शङ्कास्पद देखिएपछि मिनिरल वाटरको काटुर्न हटाएर हेर्दा गाँजा बरामद भएको प्रहरीले बताएका छन् ।

पिकअप  गाडी, पानीको कार्टुन र गाँजासहित चालक र सहचालकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरी बताएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर