Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मधेश प्रदेश संघीय सरकारबाट सधैँ उपेक्षित छ : पूर्व मुख्यमन्त्री माें लालबाबु राउत

प्रतिक्षा खबर
२०८१ मंसिर ११, मंगलवार २२:०९

रामगाेपालपुर, ११गते ।
मधेश प्रदेशका पूर्व मुख्यमन्त्री माे लालबाबु राउतले देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउने र संघीयता ल्याउनसमेत मधेश र जसपा नेपाकाे अध्यक्ष उपेन्द्र यादवको ‍महत्त्वपूर्ण भूमिका रहेको भन्दै संघीय सरकारले त्यसलाई उपेक्षा गर्न नमिल्ने बताएका छन् ।

मधेशले अधिकारबिनाको संघीयता अपनाउनु परेको भन्दै उनले गुनासो समेत गरे ।
महाेत्तरीकाे रामगाेपालपुर नगरपालिका वडा नं२मा हुन गइरहेकाे उप चुनावमा जनताहरुसंग भेटघाटकाेलागि आयोजना गरेको भेटघाट कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै पूर्व मुख्यमन्त्री राउतले संविधान लागू गर्ने बेला मधेशवासीले नाकाबन्दीका कारण भइरहेको अप्ठ्यारो सहेरै भए पनि संघीयता ल्याउन भूमिका खेलेको स्मरण गराए ।

‘मधेश र मधेशी जनताले त केन्द्र सरकारलाई धेरै थोक दिएको छ, केन्द्र सरकारले र एमाले ,कांग्रेस लगायतका पार्टीले चाहिँ के दिएको छ ?’ उनको प्रश्न थियो, ‘संघीयता आएको ७ वर्ष भइसक्यो, मधेशका मुख्यमन्त्रीलाई कुन बेला को प्रमुख सचिव आउँछन्, प्रदेशका विकास-निमार्ण योजना कहिले सुरु र सम्पन्न हुन्छन् भन्ने थाहै हुँदैन ।’

केन्द्रको सत्ता गठबन्धन अकास्मात परिवर्तन हुँदा प्रदेशहरूमा समेत कम्पन आउने र थालिएका काम बीचमै अलपत्र पर्ने परिस्थितिबारे मुख्यमन्त्री राउतले प्रसंग निकाले । आफूले संघीय सरकारको प्रथम मुख्य मन्त्री हुदा नेपालमा

अरु प्रदेशभन्दा फरक हिसाबले काम गरे तर काममा अबरुद्ध गर्नकालागि केन्द्र सरकारले २महिनामा सचिव लगायत कर्मचारी हेरफेर गरेर दुखदिने कामबाहेक अरु केही गरेन ।
‘बजेट बनाउनेबेला ६५ लाख हाराहारी जनशंख्या भएको मधेश प्रदेशलाई १३ अर्ब विनियोजन गरिन्छ र जम्मा १२/१३ लाख जनसंख्या भएको अरु प्रदेशलाई १९ अर्ब छुट्याइन्छ, ।’ उनले जनसंख्याको आधारमा बजेट विनियोजन गर्न केन्द्र

सरकारलाई अनुरोध गरेका छन् ।उनले भने, ‘मधेश विकसित नभए नेपाल पनि विकसित हुँदैन । त्यस्तै, जबसम्म निजामती कर्मचारी र प्रहरी प्रदेश मातहत आउँदैनन्, तबसम्म संघीयता कार्यान्वयन हुँदैन ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर