Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

समाचारको प्रभावः आनन्द हस्पिटलका सञ्चालक उमेश पक्राउ

प्रतिक्षा खबर
२०८१ चैत्र १३, बुधबार १३:५०

ओम प्रकाश यादव

रौतहट, चैत १३ । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्ने रौतहटका एक निजी अस्पतालका सञ्चालक पक्राउ परेका छन्।  चैत १२ गते ‘मुख्यमन्त्रीको निर्देशनको धज्जी उडाउँदै रौतहटको आनन्द हस्पिटल सञ्चालन, सम्बन्धित निकाय मौन’ शिर्षकमा समाचार प्रशारण गरे पछि रौतहटको गरुडा नगरपालिका –५ शिवनगरमा सञ्चालित आनन्द हस्पिटल एक्युपञ्चर सेन्टरका सञ्चालक उमेश प्रसाद पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय शिवनगरका सई बब्लु कान्त झाको नेतृत्वमा आज बिहान ११ बजे गएको प्रहरी टोलीले उमेश प्रसादलाई पक्राउ गरेका छन्। पक्राउ परेका उमेश प्रसाद अहिले जिल्ला प्रहरी कार्यालय गौरको हिरासतमा रहेका छन्। मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई पटक पटक अटेरी गरी हस्पिटल सञ्चालन गरेकाले उमेश प्रसादलाई पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताएका छन्।

केहीदिन अघि मात्र मुख्यमन्त्री सिंहले उक्त हस्पिटलमा अनुगमन गरेका थिए। अनुगमनको क्रममा मापदण्ड पूरा नभएको भन्दै मुख्यमन्त्री सिंहले आनन्द हस्पिटल बन्द गर्न निर्देशन दिएका थिए। मापदण्ड पुरा गरेर मात्र अस्पताल सञ्चालन गर्न भनी मुख्यमन्त्रीले आनन्द हस्पिटलका सञ्चालक उमेशलाई सचेत गराएका थिए।

तर मुख्यमन्त्रीले दिएको निर्देशनलाई अटेरी गरी बिना मापदण्ड पुरा गरी हस्पिटल सञ्चालन गरेको पाइएकोले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मुख्यमन्त्री सिंहको निर्देशनलाई रौतहटमा ठाडो उल्लंघन भइरहँदा पनि नियमनकारी निकाय मौन बसेको भनी पत्रपत्रिका देखि सामाजिक सञ्जालमा मुख्यमन्त्री र रौतहट प्रहरीको व्यापक आलोचना हुँदै आएको थियो ।

त्यसपछि मुख्यमन्त्री सतीश कुमार सिंह कडा एक्सन लिएपछि आज बल्ल उनको निर्देशनलाई अटेरी गर्ने आनन्द हस्पिटलका सञ्चालक उमेश प्रसाद प्रहरी हिरासतमा पुगेका छन्। मुख्यमन्त्री सतीश कुमार सिंहको ठाडो आदेश र रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेको कडा निर्देशनमा आनन्द हस्पिटलका सञ्चालक उमेश प्रसाद पक्राउ परेको बुझिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर