पूर्व सांसद एवम लाेक प्रिय नेता काैशल कुमार यादवले असहाय रिना कुमारीकाे विहेमा लागने खर्चकाे सरसानहरु दिएर सहयाेग गरेका छन ।केही दिन पहिला गाैशला खबरकाे पत्रकार नरेन्द्र महताे र रेडियाे साेनामाइकाे रिपाेर्टर कमलेश कुमार यादवकाे पहलमा समाजिक संजाल मार्फत सहयाेगकाेलागि अपिल गरिएकाे थियाे।पत्रकार नरेन्द्र महताे र कमलेश कुमारकाे परियासामा साे कार्य पूरा भएकाे देखिएकाे छ । साेनमा गाउँपालिका वडा न ५खैरबनीकै रिना कुमारीले सानै उमेरमा आमा बुवा गुमाउनु परेकाी थिइन ।आमा,बुवाकाे मृत्यु भए पश्चात टुहुराे जीवन बिताइरहेकी रिना कुमारीकाे विहे २५गतेकाे भारतमा हुन लागेकाे छ । तर समाजकाे कु प्रथाकाे कारण विहेमा लागने खर्च,लगायत अन्य सरसमानहरुकाे बन्दाेबस्त गरिदिने न काेही मान्छे छन न किन्नकाेलागि रकम । पत्रकार साथिहरुले समाजिक संजालमा गरेकाे अपिल अनुसार गाउँपालिका वडा न ५कै लाेकप्रिय नेता काैशल कुमार यादव अभिभावककाे रुपमा रिनाकाेलागि भगवान साबित हुँदै विहेमा लागने सबै खर्चकाे जिमा लिदै विहे गराउन लागेकाे छ ।धन्यवाद छ नेता काैशल कुमार यादव जि लाई ।
यादव द्वारा बिहेमा हुने चावल, दाल, तेल, मसाला, दाउरा लगायतका सामाग्री सहयोग गरेका छन। समाजिक परम्मरा अनुसार बैशाख २५ गते गाउँ समाजले रिना कुमारीको विहे गराईरहेका छन तर आर्थिक स्थिति ज्यादै कमजाेर भएकाे कारण बिहेमा आर्थिक सहयाेग गरि दिन हुन भिडियाे मार्फत माहानु भावहरुसँग आग्रह गरेकी थिईन। तर कसैले पनी सहयोग नगरेपछी सासंद यादवद्वारा सहयोग गरिएको छ।
साेनमा गाउँपालिका वडा नं. ५ खैरवनी बस्ने रीना कुमारी राम ( महरा) काे सानै उमेरमा आमा वावुकाे मुत्यु भएकाे थियाे, दिदी वहिनीकाे विहे भईसकेकी छिन, भाइ चार वर्ष देखि भारतमा गएकाे छ र त्यसकाे अहिले सम्म अत्ताेपताे छैन।







