Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

हिन्दुहरुको महान पर्व बडादशैँ सुरु , पहिलो दिन आज घटस्थापना

प्रतिक्षा खबर
२०७९ आश्विन १०, सोमबार २३:२५

गोपाल झा

महोत्तरी ,असोज  १० गते

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि दशमी सम्म मनाईने हिन्दुधर्माबलम्बीहरुको  महान् पर्व बडादशैँ आज सोमवार घर घरमा घटस्थापना गरेसँगै सुरु भएको छ । यो पर्व आश्विन शुक्ल दशमी तिथिसम्म १० दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज हिन्दुधर्माबलम्बीहरु आफ्नो घरका पूजा कोठामा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापना सहित घटस्थापना गरेका हुन् । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरेका हुन् ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी , तलाउ वा नजिकको पोखरी  स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ छर्केर कलस्थापन गरेका छन् । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन जौ उमे्रको जयन्ती  तथा टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।

जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद्हरु बताउनुहुन्छ । आफ्नो कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रुपमा समेत प्रयोग गरिन्छ ।

विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ-आफ्नो गाँउ फर्केर एक साथ मनाईने बडादशैँ पर्व आजदेखि सुरु भएको छ ।

त्यस्तै गाँउ देखी सहरबजारको बिभन्न चौकहरुमा देबीदुर्गाको माटोले  प्रतीमा बनाएर गरीने दुर्गापुजा स्थल  तथा बिभिन्न शक्ती पिठहरुमा समेत आज बाजा गाजा सहीत निकालिएको बिशाल कलश यात्रा गर्दै पुजास्थलमा बिधिपुर्बक कलश स्थापनाका साथ आज देखी बिधिबत दश दिन सम्मका लागी दुर्गापुजा सुरु भएको छ । आज बिहानै महोत्तरीको एकडारा , मनरा , सम्सी , रामगोपालपुर , गौशाला , जलेश्वर मटिहानी , पिपडा सहितका गाँउहरुमा बिशाल कलश सोभायात्रा गर्दै पुजास्थलमा कलसस्थपा गरीएको छ । बार्षीक रुपमा मनाईने पुजा स्थल तथा शक्तीपिठहरु अहिले ठुलाठुला पण्डाल थता बिद्युतिय लाईटले सजाईएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर