Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगयाे

प्रतिक्षा खबर
२०७७ असार २७, शनिबार २१:०३

म्याग्दीमा शुक्रबार परेको वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । चार जना अझै हराइरहेका छन् भने १२ जना घाइतेको बेनी, पोखरा र काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ ।
पहिरो धवलागिरी गाउँपालिकाको मराङ, कल्लेरी, राम्चे र रिखामा धनजनको क्षती गरेको छ । यस्तै मालिका गाउँपालिकाको बिमा, दुले र नुरवाङमा धेरै क्षति पुर्‍याएको छ ।
जिल्ला प्रहरी कार्यालय, म्याग्दीबाट प्राप्त वितरणअनुसार धवलागिरी गाउँपालिकामा मात्र १८ जनाको मृच्यु भएको छ । मृत्यु हुनेमा धवलागिरी-६ मराङका तुबहालुर क्षेत्री, सुकना लामागादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कलला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली छन् ।
यस्तै १८ वर्षका प्रकाश केसी, अन्दाजी ३३ वर्षकी हिरा मति जुग्जाली, अ. ७ वर्षकी करिश्मा, अ. ५ वर्षकी कञ्चन, ५५ वर्षकी गौशरा, २० वर्षकी दिमा, उनकी छोरी ४ वर्षकी दिप्ती र एक वर्षका छोरा दिवान जुग्जाली रहेका छन् ।
प्रहरीका अनुसार धवलागिरी-६, कल्लेरीका ५१ वर्षीया जमिना केसी र १६ वर्षा सविन पुन हराइरहेका छन् ।
हराएका भनिएका मराङ रिखाका अन्दाजी ४० वर्षका धनबहादुर जुग्जाली, अ. १५ वर्षकी रितु कुमारी र अ. ५ वर्षका अर्जुन जुग्जाली भने सम्पर्कमा आएका छन् ।
यस्तै मालिका गाउँपालिकामा पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ । प्राप्त विवरणअनुसार मालिका-७ विमका ४० वर्षका विष्णु पौडेल, ४ वर्षकी इच्छा पौडेलको मृत्यु भएको छ । यस्तै गौदेवी नेपाली, विशेष नेपाली, विष्णु नेपाली , सन्दीप नेपाली, वीरबहादुर नेपाली र उनका तीन महिनाकी छोरी निशाको मृत्यु भएको छ ।
यस्तै रघुगंगा गाउँपालिका-६ ठाडाखानीका अन्दाजी ५० वर्षका नलिमान छन्त्यालको पनि शव भेटिएको छ ।
प्रहरीका अनुसार १२ जनालाई उद्दार गरिएको छ । मालिका-७ विमका पूर्णबहादुर नेपालीको ढाडमा चोट लागेको छ भने खुट्टा फ्याक्चर भएको छ । वडा नम्बर ६ की २२ वर्षीया मन्जिता श्रीपाली, जो गर्भवती पनि छिन्, उनको पनि ढाडमा समस्या देखिएको छ ।
उनीहरूसँगै ७ वर्षका सफल श्रीपाली र ताकमका ६७ वर्षका सतदेवी विटालुलाई पनि पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको छ ।
मालिका-६ का बालसिंह रोकालाई काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको छ । सामान्य घाइते ७ जनाको भने बेनी अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोका कारण जोखिममा परेका झण्डै ९०० जनलाई सुरक्षित स्थानमा सारिएको छ । धवलागिरी गाउँपालिकाका मात्र ५९० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
पहिरोमा परेकाहरुको उद्दारमा तीन वटै सुरक्षा निकायका साथै स्थानीय समेत खटिएका छन् भने विभिन्न संघ संस्थाको सहयोगमा पाल, ब्ल्यांकेट, कम्बल, ड्राइफुड, दाल चामल समेत वितरण गरिएको प्रहरीले जनाएको छ ।सभार अनलाइन खबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर