Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

एकडारा गाँउ पालीका अध्यक्षमा दोब्बर मतका साथ जसपाका मण्डल भए निर्बाचीत

प्रतिक्षा खबर
२०७९ जेष्ठ ५, बिहीबार १९:२७

गोपाल झा
महोत्तरी, ५ जेष्ठ
महोत्तरीको एकडारा गाँउपालिका प्रमुखमा दिपनारायण मण्डल निर्बाचीत भएका छन् ।
निर्वाचन अधिकृत कृष्ण प्रसाद अधिकारीका अनुसार जनता समाजबादी पार्टी नेपालको तर्फबाट उम्मेदवारी दिएका मण्डल ४ हजार ४ सय ९९ मत ल्याएर एकडारा गाँउपालीकाको लागी अध्यक्ष पदमा निर्वाचीत भएको छ ।
त्यस्तै उनका निकटम प्रतिद्वन्दी लोकतान्त्रीक समाजवादी पार्टी नेपालका रामछबीला साहले २ हजार ४ सय ११ मत ल्याएका छन् । मण्डल २ हजार ८८ मतअन्तरले निर्वाचीत भएका हुन ।
त्यस्तै उपमेयरमा जनता समाजवादी पार्टी नेपालकी महजबी खातुन ४ हजार ६ सय ७१ मत ल्याएर निर्बाचीत भएकी हुन् । उनको निकटतम प्रतिद्वन्दी लोसपाकी रोकसाना खातुनले २ हजार ७६ मत ल्याएकी हुन ।
उपमेयरमा २ हजार ५९५ मतान्तरले जसपाकी महजबी खातुन निर्बाचीत भएकी निर्वाचन अधिकृत अधिकारीले बताए ।
एकडारा गाँउपालीकामा छौ वडा रहेको मध्ये १, २ ,३ र ६ नंम्बर वडामा जसपाका वडाध्यक्ष निबार्चीच भएका छन भने ४ र ५ नम्बर वडामा लोसपाका वडाध्यक्ष पुनः निर्बाचीत भएका छन् ।
निर्बाचन अधिकृत अधिकारीका अनुसार वडा नम्बर १ मा जसपाका मनोज कुमार मण्डल ९३० मत प्राप्त गर्दै वडाध्यक्षमा निर्बाचीत भएका छन भने २ मा सखीचन्द्र यादब ५४८ , वडा नम्बर ३ मा रामबिलास राय ७७१ र वडा नम्बर ६ मा श्याम चौधरी ६९३ मत ल्याएर निर्बाचीत भएका हुन् । तस्तै ४ मा लोसपाका जिबछ प्र्रसाद यादब ७२० र वडा नम्बर ५ मा लोसपाकै सेराजुदिन अन्सारी ५९९ मत प्राप्त गर्देै जित हात पारेका हुन् ।
एकडारा गाँउपालीकाको अध्यक्ष पदको लागी ३१ जना उमेदबारी दिर्ता गराएका थिए भने उपाध्यक्षको लागी १४ जनाले निर्बाचन अधिकृतको कार्यालयमा नियम अनुसार आ-आफ्नो उमेदबारी दर्ता गराएका थीए ।
निर्बाचन अधिकृतको कार्यालय सार्बजनीक गरेको मत परीणाम अनुसार निर्बाचीत ३२ जनप्रतीनिधी बाहेक गाँउ पालीका अध्यक्ष पदमा उमेदबारी दिएका लोसपाका रामछबबीला साह २ हजार ४ सय ११ , , बिरजु महतो १७२७ नेपाली काँग्रेस , सन्जीब कुमार पाठक ७२२ तमलोपा , मनोज कुमार झा ७०५ स्वतन्त्र , शिबजी यादब ५८४ नेकपा एमाले , सिंघेश्वर मण्डल ४७० ,बिरेन्द्र कुमार मण्डल ४१८ जनमत , र माओबादी केन्द्र बाट नरेश तिवारीले १६९ मत प्राप्त गरेका छन् ।
त्यसतै उपाध्यक्ष तर्फको नेपाली काँग्रेसकी रामकली महासेठ १५७६ , समीमा खातुन ६५० तमलोपा , शिब कुमारी ६११ स्वतन्त्र ,अन्जु कुमारी ५६९ जनमत , उषादेबी ४८३ राप्रपा , रुबी देबी मण्डल ४६१ नेकपा एमाले , बेचनी देबी २०२ माओबादी केन्द्र र महेश कुमार यादब स्वतन्त्र १४४ मत प्राप्त गरेको निर्बाचन अधिकृत अधिकारी जानकारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर