Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

राहत वितरणमा विभेद , हुनेखानेलाइ राहत र गरिब विपन्नको चुलो बन्द

प्रतिक्षा खबर
२०७६ चैत्र २८, शुक्रबार २१:४४

रामगोपालपुर । विश्वरभर फैलिएको कोरोना भाइरसको जोखिमलाइ नियन्त्रण गर्न सरकारले विगत तीन साता देखि जारी राखेको लक डाउनको कारण दैनिक ज्यालादारी मजदुरी गरी विहान बेलुका छाक टार्ने अति गरिब विपन्न घर परिवारको विजोग भइरहेको छ ।
यस्ता विपन्न दैनिक ज्याला मजदुरी गर्ने घर परिवारलाइ सरकारले राहत उपलब्ध गराउने भएपछि स्थानीय तहका जनप्रतिनिधिहरुले भेदभाव गर्दा झन पीडित बनेको छ । जनप्रतिनिधिहरुले राहत वितरण गर्दा वास्तविक पीडित गरिब विपन्न परिवारले पाउनु पर्ने ठाउँमा अरु हुने खाने आफ्ना आसेपासेलाइ राहत उपलब्ध गराइएको देखिएको छ ।

तस्बिर:धर्वेन्द्र कुमार यादव(यदुवन्शी)/रामगोपालपुर
तस्बिर:धर्वेन्द्र कुमार यादव(यदुवन्शी)/रामगोपालपुर

यस्तै जनप्रतिनिधहरुको भेदभावको चपेटामा महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ८ का मण्डल वस्तीका मजदुर, अति गरिब विपन्न परिवार परेका छन् ।
यस बस्तीका दर्जनौ मजदुर, अति गरिब विपन्न घर परिवारले लक डाउनमा काम गर्न नपाउँदा खाद्यन्न अभावमा बालबच्चा सहित भोक भोकै बस्नु पर्ने बाध्यता रहेको छ ।
गत बुधबार यस बस्तीमा उपलब्ध गराएको राहत वितरणको क्रममा त्यस्ता ३५ घर परिवार राहतबाट बन्चित भए जो विहान एक झाक खाए साँझ के खाने भनेर सोच्नु पर्ने अवस्था छ । उनिहरुको अवस्था अहिले निकै दैनिय छ ।
दैनिक ज्यालादारी गरी जसोतसो छोराछोरीको पालनपोषण गर्दै आएकी कुष्ठरोग पिडित समेत रहेकी प्रमिला देवी राहत लिनबाट बन्चित भएकी छिन् । सानो फुसको छुपडीमा जिवन यापन गरीरहेकी प्रमिलाको अहिले लक डाउनमा काम गर्न बाहिर जान नपाउँदा चुलो बल्ने अवस्था छैन ।

तस्बिर:धर्वेन्द्र कुमार यादव(यदुवन्शी)/रामगोपालपुर

त्यसैगरी यस विपदको घडीमा हप्तौदेखि ज्यालादारी गर्न नपाएकी सोही वस्तीकी कौशिल्या मण्डलले ४ छोराछोरीलाई अइचो पैचो गरि खानाको वन्दोवस्त गर्दै आईरहेको दुखेसो पोखिन् । २ बर्ष पहिले काम गर्ने छोराको मृत्यु भएपछि श्रीमान राजनारायण मण्डल भारतमा काम गर्दै आएका छन् । श्रीमानले महिनौदेखि पैसा नपठाएपछि आफुलाई अहिले खानका लागि धौ धौ परेको कौशिल्याले बताइन् ।
यस्ता एक दर्जन बढी यस मण्डल वस्तीका घर परिवारले राहतको लागि पहल गरि दिन अधिकारकर्मी र संचारकर्मीलाइ आग्रह गरेका छन् ।उनिहरुले राहत वितरणमा आफूहरु संग विभेद गरिएको हुने खाने बर्गले राहत पाए हामीले पाएनौ भनेर गुनासो गर्दै राहतको लागि पहल गरि दिन अधिकारकर्मी र संचारकर्मीलाइ आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर