Advertisement
ताजा खबर
तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष

☰

भारतले निर्माण गर्ने सडकमा ह्युमपाइप , कल्भर्ट बनाउने सहमति

प्रतिक्षा खबर
२०७८ माघ १५, शनिबार १९:३५

नवलपरासी, १५ माघ । भारतले नवलपरासीकाे सीमामा बनाइरहेकाे समानान्तर सडकले पानीकाे प्रकृतिक बहाव थुनिन गइ नेपाली भूभाग डुबानमा पर्ने र कृषि उत्पादनमा ठुलाे क्षति नेपालीले व्याहाेर्नुपर्ने समस्या देखा परेकाे प्रति स्थानीय प्रशासनले संवाद शुरू गरेकाे छ ।
नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले भारतीय समकक्षी अधिकारी अर्थात उत्तर प्रदेश महराजगञ्ज जिल्लाका जिल्लाधिकारीसित (डिएम) निरन्तरमा संवादमा रहेकाे बताएका छन् ।
सीमाकाे दशगजादेखि १० देखि २० मीटर मात्रकाे दूरी राखेर भारतले बनाइरहेकाे ३० मीटर चाैडाइकाे सडकले पानीकाे प्राकृतिक बहाव थुनिने संकट उत्पन्न हुने कारण देखाउदै स्थानीय जनताले विराेध गर्न थालेपछि स्थानीय प्रशासनले स्थलगत निरिक्षण समेत गरेर द्विपक्षीय छलफल गरिएकाे बताएकाे छ ।
भारतीय सडक विभागका अधिकारी र नवलपरासीका प्रमुख जिल्ला अधिकारी मिश्र सहितकाे संयुक्त निगरानी गरिएर पानीकाे निकास बनाउनु पर्ने सहमति भएकाे छ । यसका लागि सडकमा हरेक ५०० मीटरमा कल्भर्ट बनाउने, आवश्यक रहेकाे स्थानमा ह्युम पाइप जडान गर्नुपर्ने र पानीकाे अधिक मात्राकाे बहाव रहेकाे स्थानमा पुल बनाउने कार्य एक हप्तामा शुरू गरिने सहमति भएकाे प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।
उनले भारतीय अधिकारीहरूसंगकाे भेटमा नेपाली किसानले उठाएकाे समस्या जायज रहेकाेले पानीकाे बहाव राेकिनु हुन्न भन्ने आफुले माग राखेकाे र भारतीय अधिकारीहरूले यसकाे समाधान गरिने बताएकाे जानकारी गराएका छन् । प्रमुख जिल्ला अधिकारी मिश्र ले यसका साथै नेपालकाे ताल्लुक मन्त्रालयमा समेत यसकाे जानकारी गराएकाे बताए ।
प्रमुख जिल्ला अधिकारी मिश्र ले भने, यसकाे पुर्ण समााधान स्थानीय स्तरबाट खाेजिनुकाे साथै नेपाल सरकारले कुटनीतिक पहल गरी समाधान सहज हुने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर