Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

इजरायलले युद्ध विरामको प्रस्ताव स्विकार्‍यो, हमासलाई पनि स्वीकार गर्न अमेरिकाको आग्रह

प्रतिक्षा खबर
२०८१ भाद्र ४, मंगलवार २०:५५

तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजामा युद्ध विरामसम्बन्धी प्रस्ताव स्वीकारेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायली प्रधानमन्त्री  नेतन्याहुले गाजामा युद्ध विरामसम्बन्धी प्रस्ताव स्वीकारेको बताएका हुन् ।

गाजामा युद्ध विरामको सम्झौतामा अवरोध बनेका विषयमा  समाधान गर्न अमेरिकाले पेस गरेको प्रस्तावलाई इजरायलले स्वीकारे गरेको ब्लिङ्केन जनाएका छन् । हमासलाई पनि प्रस्ताव स्वीकार गर्न अमेरिकाले आग्रह गरेको छ ।

एक दिनभरि इजरायली अधिकारीहरूसँग छलफल र वार्तापछि ब्लिङ्केनले पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा इजरायल जस्तै प्रस्ताव स्वीकार गर्न हमाससँग अनुरोध गरे ।

त्यतिबेला ब्लिङ्केनले नेतन्याहुसँग पनि अढाई घण्टा  जति भेटवार्ता पनि गरेका थिए । यो प्रस्ताव अहिलेसम्मकै उत्कृष्ट भएको र सम्झौताका लागि यो अन्तिम अवसर हुन सक्ने ब्लिङ्केनले बताएका छन् ।

गएको हप्ता कतारमा युद्ध विराम र बन्दीहरूलाई रिहा गर्नेबारे भएको वार्ता निस्कर्षवीहीन सकिएको थियो । तर इजरायल र हमासबिचको मतभेद पुर्ने अमेरिकी प्रस्तावका आधारमा यो हप्ता वार्ता सुचारु हुने आशा गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर