Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

सिके राउतका ६२ जना कार्यकर्ता पक्राउ, भोलि प्रहरी कार्यालय घेर्ने तयारी

प्रतिक्षा खबर
२०७८ कार्तिक ४, बिहीबार १९:५१

जनकपुरधाम – खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुखलाई कुटपिट गर्दै अर्धनग्न बनाइ नगर परिक्रमा गराएको आरोपमा प्रहरीले डा. सिके राउत नेतृत्वको जनमत पार्टीका ६२ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
पक्राउ परेको घटना लगतै आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै ‍‍ सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताहरू जिप्रका धनुषा अगाडि धर्नामा बसेका थिए । कुनै पहल नभएपछि उनीहरू फर्केका छन् ।
पक्राउ परेकाहरूलाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता स्थानीय प्रशासनले जनाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले राष्ट्र सेवक कर्मचारीलाई कुटपिट गरी अर्धनग्न गरेर बजारमा दुर्व्यवहार गर्नु आपतिजनक, अमानवीय र अपराधिक घटना भएको बताए ।
उनले भने, ‘जनमत पार्टीको कार्यकर्ताहरूले कानूनी राज्यको उपहास हुने गरी गरेको हर्कत राजनीति दलको नभई अपराधिक र भूमिगत समूहको हो । लोकतान्त्रिक राज्यमा यस्तो क्रियाकलापलाई अपराधिक मानिनेछ ।’
राजनीति दलको आवरणमा कर्मचारी वा कुनै पनि व्यक्तिलाई यस्तो दुर्व्यवहार गर्नु क्षम्य नभई कानुन अपराध हो । घटनाको छानविन गरी संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने कार्य शुरू भएको छ, तिनीहरूलाई कानून बमोजिम कारबाही हुने उनले बताए ।
आजको घटनाले कुनै कार्यालयका कर्मचारीलाई नआत्तिन नडराउन आग्रह गर्दै तिनीहरूको सुरक्षाका प्रशासन प्रतिबद्ध छ’ संचारकर्मीसँग कुरा गर्दै उनले भने ।
यसैबीच पार्टी अध्यक्ष डा. सिके राउतको सचिवालयले समाजिक सञ्जाल फेसबुकमार्फत भोलि शुक्रबार जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने जनाएको छ । पक्राउ परेका कार्यकर्ताहरूलाई यथाशिघ्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
जनमत पार्टीले फेसबुकमा लेखेको छ, ‘भोलि धनुषाको प्रहरी कार्यालय घेराउ हुने, गाउँ गाउँबाट उठौं घर घरबाट उठौं यो आन्दोलनलाई महिनौसम्म वारपार गरी जारी रहनेछ सबै जिल्ला तयार रहौं । पक्राउ परेका कार्यकर्ताहरूलाई यथाशिघ्र रिहा नगरे आन्दोलनको पुर्ण स्वरूप तिर जाने नेपाल पुलिस हेल्लो सरकार गृहमन्त्रालय ।
बिहीबार दिउँसो खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न गरी हिलो दलेर नगर परिक्रमा गराएको थियो ।
सभार इकागज

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर