Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

पिपरा गाँउपालीका द्वारा ११ औ नगर सभा बाट ,४६ करोड उन्नानसी लाखको बजेट प्रस्तुत

प्रतिक्षा खबर
२०८० असार १०, आईतवार ०१:२०

गोपाल झा

महोत्तरी, अषाढ ९ गते

महोत्तरीको पिपरा गाँउ नगरपालिकाले एघारौ ११ गाँउ सम्पन्न गरेको छ । शनिवार  गाँउपालिकाले पिपरा गाँउपालिकाको पहिचान सफा सुघर समृद्ध पारदर्शी अभियान मुल नाराका काथ ११ औँ गाँउसभामा अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४६ करोड ७९ लाख ६५ हजार ३३० रुपैयाँको बजेट गाँउपालिका अध्यक्ष रमाजानकी यादबले प्रस्तुत गरेका हुन् ।

गाँउपालिका अध्यक्ष यादबले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट तथा आन्तरिक आम्दानी तथा दातृ निकाय एवं संघ संस्थाबाट उपलब्ध भएको श्रोत अनुमान विवरणका आधारमा उक्त रकमको बजेट प्रस्तुत गरेको सभा मार्फत बताएका हुन् ।

अध्यक्ष यादबले संघको वित्तीय समानीकरणतर्फ ११ करोड ३४ लाख, राजश्व बाडफँड तर्फ ८ करोड ७९ लाख २५ हजार ३३० , सशर्त अनुदानतर्फ २१ करोड २८ लाख, संघ बिशेष अनुदान ८० हजार ,संघ समपुरक अनुदान १ करोड २५ लाख, प्रदेशको समानिकरण अनुदान ८३ लाख ४० हजार ,प्रदेश विशेष अनुदान ३० लाख ,प्रदेश समपुरक अनुदान २० लाख त्यस्तै आन्तरिक आम्दानी २ करोड गरी कूल ४६ करोड ७९ लाख ६५ हजार ३३० रुपैयाँको बजेट नगरसभामा पेश गरेको जानकारी गराएका हुन् ।

सभाको शनिबार मधेश प्रदेशका प्रदेश प्रमुख हरी शंकर मिश्रले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । आ.व. २०८०/८१ को अनुमानित आय व्यय , निति तथा कार्यक्रमहरु प्रस्तुत गर्दै गाँउपालिका अध्यक्ष यादबले यस पीपरा गाँउपालिकाका सबै जनप्रतिनिधि एवम् कर्मचारीहरूलाई विकास निर्माणका कामलाई जनचाहना अनुरुप इमानदारीता पुर्वक सम्पन्न गर्नका लागि आग्रह गरेका थिए । आ. व. २०८०/०८१ को लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पुर्वाधार विकास निर्माणमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको उनले जानकारी गराए ।

पिपरा गाँउपालिकाको पहिचान सफा सुघर समृद्ध पारदर्शी अभियानको अबधारणा सहीत अध्यक्ष यादबल४६ करोड ७९ लाख ६५ हजार ३३० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथीको आसनबाट आफ्नो शुभकामना मन्तब्य दिँदै प्रदेश प्रमुख मिश्र एतीहासिक गाँउपालिका पीपराका जनतासंग गरेको वाचामा प्रतिवद्ध रह्न गाँउपालिकाका अध्यक्ष यादबलाई सुझाव दिएका हुन् ।

गाँउपालिका अध्यक्ष यादबले आगामी आ.वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पुर्वाधार विकास निर्माण ,शिक्षा, स्वास्थ्य र कृषि लगायतका विविध क्षेत्रमा विभिन्न योजना सहितको कार्य गर्ने कार्ययोजना प्रस्तुत गरेकोमा प्रदेश प्रमुख मिश्र उक्त कार्ययोजना जनताको हकहितमा रहेको भन्दै प्रस्तुत गरीए अनुरुप जनताले विकास हेर्न पाउने गरि कार्य गर्न उनले सुझाव दिएका हुन ।

अध्यक्ष यादब सुशासन लोकतन्त्रको आधार स्तम्भ रहेको भन्दै पिपरा गाँउ पालिकाका कार्यहरुमा पारदर्सीता , आर्थीक अनुशासन तथा समाजिक न्यायलाई अङ्गीकार ,गर्दै भ्रष्टाचारमुक्त बिधिको शासन र ब्यबस्थाको सुनिश्चितता गरीने भन्दै स्थानिय जनताको जिवनस्तर उकास्न स्थानिय ज्ञान ,सीप र क्षमतालाई प्रश्रय दिने निति अबलम्बल गरीने बताएका हुन ।

बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष यादब मानवीय क्षमता बिकास, पुर्बाधार निर्माण ,उद्यमसिलता र रोजगारी अभिबृद्धि , गरीबि न्युनिकरण,दिगो बिकास तथा पर्यावरण संरक्षण , सुशासनको प्रत्याभुति , नगरवासीहरुको सन्तुलित विकास एवं सेवा प्राप्ति प्रतिको बढ्दो अपेक्षाको सम्बोधन, सिमित आन्तरिक श्रोत र संघिय अनुदानमा निर्भर विकास कार्यहरु संचालन गर्नुपर्ने पृष्ठभूमिमा आर्थिक वर्ष २०८०।०८१ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताएका हुन् ।

अध्यक्ष यादबले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाको सबै वडाको जग्गा सिंचित गर्न खेतखेतमा नहर, बोरिंग जडानको व्यवस्था गर्ने, व्यवसायिक बाली तथा कृषि व्यवसाय प्रवद्र्धनमा जोड दिने, सित भण्डारको स्थापना  अनुदानमा खेती गर्न प्रोत्साहित गर्ने लगायत गाउँपालिकाको नीति रहेको जनाए ।

त्यस्तै शिक्षा मा सामुदायीक बिदालयमा अंग्रेजि माध्यमले पठान पाठन लगायत बिद्यायहरुको भौतिक संरचनाको बिकास , स्वास्थ्य, पूर्वाधार, सामाजिक विकास लगायतलाई गाउँपालिकाले प्राथमिकतामा राखेर नीति ल्याएको हो ।

त्यस्तै गाँउ सभा मार्फत क्षेत्रमा ईमान्दारीता पुर्बक कर्म निष्ठ भई सेवाग्राहीलाई सहज ढंगले सेवा दिदै आई रहेका र बालबिबाह रोक्न तथा २० बर्ष पुरा गरेर छोरी बिबाह गरेको अबिभावकहरु लाई  सम्मान गरेका थिए । यस गाँउपालीकाको कार्यालयमा महिला तथा बालबालीका साखाकी प्रमुख श्रीमती रचना कुमारी झालाई ईमान्दारीता पुर्बक कर्म निष्ठ भई सेवाग्राहीलाई सहज ढंगले सेवा दिदै आई रहेकी  झालाई  प्रदेश प्रमुख  मिश्र द्वारा सम्मान पत्र प्रदान गरीएको थियो ।

गाँउसभाको उदघाटन सत्रमा विभिन्न राजनितिक दलका प्रतिनिधीहरुले आफुहरु समेत पालिकाको हरेक गतिविधीको निगरानीमा रहेकोले भ्रष्टाचारमुक्त तथा जनताको हितमा हुने हरेक विकास निर्माणको काममा आफुहरु पालिकासंगै रह्ने बताएका छन भने गतल कार्य भए त्यसको विरोधको लागि तयारी अवस्थामा रहेको समेत सचेत गराएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर