Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

रुसको परमाणु सुरक्षा बल प्रमुखको हत्या, युक्रेनले हत्या गरेको दाबी

प्रतिक्षा खबर
२०८१ पुष २, मंगलवार १४:४४

२ पुस, काठमाडौं । रुसको परमाणु सुरक्षा बल प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको हत्या भएको छ ।

राजधानी मस्कोमा इलेक्ट्रिक स्कुटरमा लुकाएर राखिएको बम विष्फोटबाट उनको हत्या भएको हो ।

राष्ट्रपति भ्लादिमिर पुटिनको निकट साथी मानिने किरिलोभको हत्यापछि रुसमा हलचल मच्चिएको छ । आज मंगलबार भएको यो घटनाको अनुसन्धान गर्न रुसका अधिकारीहरु सक्रिय छन् ।

A view of the blast scene, which killed the commander of Russian armed forces' chemical, biological and radiation defence troops, Igor Kirillov, and his assistant, according to the Russian Investigative Committee, outside a residential building on Ryazansky Avenue in Moscow on December 17, 2024.

यो हत्यामा कसको हात छ भन्ने स्पष्ट भइसकेको छैन । तर यसमा युक्रेनको सेनाको हात हुन सक्ने आशंका छ ।

युक्रेनी मिडियाहरुले पनि किरिलोभको हत्यामा किभको सुरक्षा सेवाको हात रहेको दाबी गरेको छ । किभ इन्डिपिन्डेन्ट र समाचार एजेन्सी आरबीसी युक्रेनले स्रोतलाई उद्धृत गर्दै युक्रेनको सुरक्षा सेवा (एसबीयू)ले किरिलोभको हत्या गरेको जनाएका छन् ।

सन् २०२२ देखि लेफ्टिनेन्ट जनरल किरिलोभले युक्रेनले परमाणु जस्ता घृणित बम विकास गरिरहेको आरोप लगाउँदै आएका थिए । उनले विना प्रमाण युक्रेनविरुद्ध अभिव्यक्ति दिएको भन्दै युक्रेनी अधिकारी उनीप्रति रुष्ट थिए ।

बेलायतले गत अक्टुबरमा किरिलोभलाई प्रतिबन्ध घोषणा गरेको थियो । बेलायतले उनलाई ‘रुसी दुष्प्रचारको महत्वपूर्ण मुखपत्र’को संज्ञा दिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर