Advertisement
ताजा खबर
थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान

जसपा नेपालद्वारा पदाधिकारी एवं सदस्यको जिम्मेवारी बाँडफाँट

प्रतिक्षा खबर
२०८१ आश्विन ९, बुधबार ०८:०२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी पदाधिकारी तथा सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय विभागहरुको जिम्मेवारी बाँडफाँट गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार जसपा नेपालले १७ वटा विभागहरु गठन गरेको छ । जसमध्ये पाँच वटा विभागमा प्रमुख तोकिएको छ । जसपा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्जुन थापा, प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुखमा पूर्ण बस्नेत, आर्थिक विभाग प्रमुखमा बलराम महतोलाई जिम्मेवारी तोकेको छ ।

यसैगरी युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुखमा विदेश्वरप्रसाद यादव र सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभाग प्रमुखमा जितेन्द्र यादवलाई तोकेको छ भने अन्य विभागहरुमा प्रमुख, उपप्रमुख तोक्न बाँकी छ । जसपा नेपालका २७ विभागमध्ये १७ विभाग गठन गरिएको सो पार्टीले जनाएको छ । पार्टीका महासचिव लालबाबु राउतले जिम्मेवारी बाँडफाँटलगायत अन्य निर्णयसहितको परिपत्र जारी गरेका छन् ।

जसपा नेपालको प्रथम महाधिवेशन सम्पन्न भएपश्चात पहिलोपटक बसेको केन्द्रीय कार्यकारिणी समितिले सचिवालय गठन, केन्द्रीय कार्यालय समिति गठनलगायतको निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर