Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

देउवासँग छलफल गर्न उपेन्द्र र महन्थ बूढानीलकण्ठमा

प्रतिक्षा खबर
२०८१ जेष्ठ १६, बुधबार १९:००

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशकेन्द्रित दलका नेताहरूलाई बैठकका लागि बोलाएका छन् ।
सभापति देउवानिवास बूढानीलकण्ठमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पुगेका छन् ।
देउवाले मधेश प्रदेश सरकारका विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ । लोकतान्त्रिक समाजवादीका नेता सुरेन्द्र झाले कांग्रेस सभापतिले बैठकमा बोलाएको जानकारी दिए । मधेशमा सरकार गठन र केन्द्रमा विपक्षी दलहरू सहकार्य गर्नेबारे छलफल हुने उनले बताए ।
मधेशमा नेकपा एमाले र माओवादी केन्द्रले ३० वैशाखमा मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएका थिए । मुख्यमन्त्री यादवले विश्वासको मत भने लिएका छैनन् ।
यादव जसपा नेपालबाट मुख्यमन्त्री बनेका हुन् । संघको सरकारबाट जसपा नेपाल बाहिरिएको छ भने मधेशमा अल्पमतमा परेको छ ।
मधेशमा २३ प्रदेश सांसद सहित एमाले पहिलो दल छ । कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ९ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् ।
१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ५४ सांसद आवश्यक पर्दछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर