Advertisement
ताजा खबर
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ

एकै परिवारका ६ जनाको हत्या

प्रतिक्षा खबर
२०७८ भाद्र २१, सोमबार १४:२३

२१ भदौ, काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।
मादी नगरपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए
हत्या हुनेहरुमा तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई जना नाती छन् । ‘तेजबहादुरका अन्दाजी ९२ वर्षीय बुवा घरभित्रै सकुशल फेला पर्नु भएको छ,’ डिएसपी सुवेदीले भने ।
नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले कसैको शव बाटोमा कसैको बारीमा र कसैको खोल्सामा भेटिएको बताए । ‘६ जनाको हत्या भएको बिहान गाउँलेले देखेछन् ।
डिएसपी सुवेदीले गएराति हत्या भएको हुनसक्ने भन्दै घटनाको अनुसन्धान भइरहेको बताए । ‘राति नै हत्या भएको हुनसक्छ । बिहान भएको भए होहल्ला हुन्थ्यो, गाउँलेले थाहा पाउँथे होला,’ उनले भने, ‘हामी घटनाको अनुसन्धान गर्दैछौं ।’ अहिलेसम्म कोही पनि पक्राउ नपरेको उनले बताए ।
घटनास्थल चैनपुरबाट चार घण्टाको दुरीमा पर्दछ । इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर युवराज खतिवडाको टोली घटनास्थल प्रस्थान गरेको छ ।अनलाइन डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर