Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

भदौ २२ पछि मन्त्री परिषद् विस्तार हुन्छ : उपेन्द्र यादव

प्रतिक्षा खबर
२०७८ भाद्र १७, बिहीबार १७:३९

भदौ १७/ सरोज मण्डल/
जनकपुरधाम, १७ भदौ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गते पछि मात्र मन्त्री परिषद विस्तार हुने बताएका छन् ।
बिहीबार जनकपुमा संचारकर्मीहरु संग संक्षिप्त कुरा गर्दै अध्यक्ष यादवले गठबन्धनमा कुनै विवाद नभएको तर २२ गते पछि मात्र मन्त्रीपरिषद विस्तार गर्नुपर्ने जसपाको प्रस्तावमा गठबन्धन सहमत भएको उनले बताए ।
मन्त्रालयलाई लिएर माधवकुमार नेपालसँग विवाद भएको सन्दर्भमा संचारकर्मीहरुले सोधेको प्रश्नमा पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले मन्त्रालय भागबण्डामा कुनै विवाद नरहेको बताए ।
प्रदेश २ मा २२ गते सम्म सांसदहरुले पार्टी रोज्न पाउने भएको र पार्टी फुटन सक्ने डरले त्यसपछि मन्त्री परिषद विस्तार गर्ने सोच्नु भएको हो ? भन्ने प्रश्नमा उनले तत्काल फुरसतको कमी रहेकाले २२ गते नै गरौं भन्नेमा सवै सहमत भएको उनको भनाई छ ।
उनले लोसपाका अध्यक्ष महन्थ ठाकुर सहितका नेताहरुलाई विचारा भन्दै उनीहरुसँग जसपाको तुलना नगर्न आग्रह गरेका छन् । प्रदेश २ मा २२ गते सम्म जसपाका स्थानिय र प्रदेशका जनप्रतिनिधीहरुले दल रोजन पाउने र निर्वाचन कार्यालयमा सनाखत गर्न पाउने समय सिमा तोकिएको छ । यादवको स्वागतका लागि विमानस्थलमा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, पार्टीका नेता कार्यक्रताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर