Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

कार्यपालिका बैठक नडाकेको भन्दै इटहरीका जनप्रतिनिधि उच्च अदालतमा

प्रतिक्षा खबर
२०८१ आश्विन ८, मंगलवार ०९:३७

८ असोज, विराटनगर । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले कार्यपालिका बैठक राख्न आलटाल गरेको भन्दै उपप्रमुखसहितका जनप्रतिनिधिले उच्च अदालत विराटनगरमा रिट दायर गरेका छन् ।

कार्यपालिका बैठकको माग गर्दै उपमेयरसहित बहुमत कार्यपालिका सदस्यले उच्च अदालत विराटनगरमा रिट दायर गरेका हुन् । सोमबार दर्ता भएको रिटमा कार्यपालिका बैठकका लागि परमादेशको माग गरिएको छ । रिटमाथिको सुनुवाइ आज हुनेछ ।

इटहरीको प्रमुख हेमकर्ण पौडेल नेपाली कांग्रेसका हुन् । कार्यपालिकामा उनी अल्पमतमा छन्  । उपप्रमुखसहित कार्यपालिकामा नेकपा एमालेको बहुमत छ । अल्पमतमा भएपनि प्रमुख पौडेलले एकलौटी रुपमा अघि बढिरहेको एमालेले आरोप लगाएको छ ।

यसअघि नगरको बजेट पनि उनले एकलौटी रुपमा ल्याए, सुरुमा एमालेका कार्यपालिका सदस्यले नगरसभा बहिस्कार गरेपनि एमालेका शीर्ष नेतालाई आग्रह गरेर बजेट पास गरेका थिए ।

बजेट कार्यान्वयन र अन्य विषयमा छलफल गर्नु पर्ने भन्दै एमालेका जनप्रतिनिधिले कार्यपालिका बैठक बोलाउन लागि ३० भदौसम्मको अल्टिमेटम दिएका थिए ।  तर प्रमुख पौडेलले बैठक बोलाएनन् । बैठक नबोलाएपछि बहुमत सदस्यले अदालतमा निवेदन दिएका हुन् ।

कार्यपालिका बैठकका लागि परमादेश माग गर्दै रिट दायर गर्नेमा उपप्रमुख  संगीताकुमारी चौधरी, वडाध्यक्षहरु इटहरी–२ माधव कोइराला, ३ का उमेश सुवेदी, ४ का भक्त लामा, ५ का भीष्म घिमिरे, ७ का देवनारायण चौधरी, ९ का जितेन्द्र थापा, १० का अध्यक्ष अवधेश चौधरी छन् ।

त्यस्तै ११ का केशवप्रसाद कोइराला, १२ का भुवनराज पोखरेल, १४ का रमेशप्रसाद चौधरी, १५ का जयनारायण चौधरी, १६ का तेजनारायण चौधरी, १७ का प्रभातकुमार आचार्य, १८ का रामकुमार चौधरी र १९ का अध्यक्ष श्रीनारायण चौधरीले पनि निवेदन दिएका छन् ।

कार्यपालिका सदस्य मनबहादुर विश्वकर्मा, भीमादेवी राई र भीमाकुमारी तुम्बाहाम्फेको नाम पनि निवेदकमा छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर