Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

इजरायलबाट नेपाली विद्यार्थी ल्याउने विमान राति सवा ९ बजे आइपुग्ने

प्रतिक्षा खबर
२०८० आश्विन २५, बिहीबार १३:३७

२५ असोज, काठमाडौं । इजरायलमा नेपाली विद्यार्थी लिन गएको जहाज बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्ने भएको छ ।
बुधबार राति इजरायल उडेको नेपाल एयरलाइन्सको विमानले त्यहाँबाट विद्यार्थी लिएर फर्किने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
नेपाली विद्यार्थी लिन बुधबार राति परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल गएको थियो । उक्त विमानले नेपाली समयअनुसार १०:४६ बजे दुबईबाट इजरायलका लागि उडान भरेको छ र त्यहाँबाट नेपाली विद्यार्थी लिएर बिहीबार राति नै नेपालतर्फ आउनेछ ।
प्यालेस्टिनी लडाकु समूह हमासले गत शनिबार इजरायलमा आक्रमण गरेपछि इजरायलले पनि हमासविरुद्ध युद्ध घोषणा गरेको छ । युद्धमा परेर मृत्यु भएका १० नेपालीको शव ल्याउन भने समय लाग्ने परराष्ट्र मन्त्रालयको भनाइ छ ।
इजरायलमा आक्रमणपछि विश्वका धेरै देशले त्यहाँ रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर