Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

लैङ्गिक हिन्सा न्यूनीकरणको लागि शिक्षा मा जोड दिनु आबश्यक : मुख्यमन्त्री राउत

प्रतिक्षा खबर
२०७७ पुष ११, शनिबार १९:०५

बिरगञ्ज, पुस ११ । मुख्यमन्त्री लालबाबु राउतले लैङ्गिक हिंसा न्यूनीकरणका लागि शिक्षामा जोड दिनु आबश्यक रहेको बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको लैङ्गिक हिन्सा न्यूनीकरण एव पीडित सहायतामा एकीकृत प्रयास को अपरिहार्यता बिषयक कार्यक्रममा मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो ।
मुख्यमन्त्री राउतले प्रदेशको सामाजिक संरचनालाई मध्यनजर गर्दै प्रदेश सरकारले बेटी पढाउ , बेटी बचाउ अभियान सञ्चालन गरेको र उक्त अभियान ले लैङ्गिक हिंसा न्यूनीकरणमा मद्द्त पुर्याउने बिश्वास व्यक्त गर्नु भयो ।
महिलाहरुको सशक्तीकरणका लागि प्रदेश सरकारले शिक्षा का साथै हरेक निकायमा समानुपातिक प्रतिनिधित्वका लागी प्रहरी लगायत निजामती सेवामा समेत ५०प्रतिशत आरक्षणको ब्यबस्था गरेको उहाँको कथन थियो ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले लैङ्गिक हिंसा न्यूनीकरण तथा पीडित हरुको न्यायका लागि प्रदेशमा छुट्टै कानुन निर्माण गरिने समेत बताउनु भयो ।
कार्यक्रममा बिघटित प्रतिनिधि सभा सदस्य प्रदिप यादव , प्रदेश सभा सदस्य करिमा बेगम, रमेश पटेल , बिरगंज महानगर का प्रमुख विजय सरावगी सहितका बक्ताहरुले सम्बोधन गर्नु भएको थियोे ।
कार्यक्रममा प्रहरी उपरीक्षक गङ्गा पन्तले पर्सा जिल्लामा लैङ्गिक हिंसाको अवस्था बारे प्रस्तुति गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर