Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

नेकपाले मुलुकलाई बन्धक बनायो,अध्यक्ष ठाकुर

प्रतिक्षा खबर
२०७७ मंसिर २९, सोमबार १८:२१

नागेन्द्र कुमार यादव
रामगाेपालपुर, मंसिर २९ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आन्तरिक विवादका कारण नेकपाले मुलुकलाई बन्धक बनाएको आरोप लगाउनु भएको छ ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको मनरा सिस्वा नपा १० मधवामा पोखरी सौन्दर्यीकरणको शिलान्यास गर्नु हुँदै अध्यक्ष ठाकुरले मुलुक कोरोना महामारीका कारण अस्तव्यस्त बनेको अवस्थामा समेत आन्तरिक किचलोका कारण नेकपा नेतृत्वको सरकारले मुलुकलाई सही दिसा दिन नसकेको बताउनु भयो ।
शिक्षा, स्वास्थ्य , व्यवसाय सबै धाराशायी बनेको उल्लेख गर्नु हँुदै अध्यक्ष ठाकुरले भन्नु भयो ,‘ कोरोना महामारी लगायतको समस्याले मुलुक जटिल अवस्थामा छ, तर नेकपा आन्तरिक विवादमै मस्त छन ।’
कार्यक्रममा विशिष्ट अतिथि मुख्यमन्त्री लालबाबु राउतले संघ सरकार प्रदेश २ संग सौताको व्यवहार गरि रहेको आरोप लगाउनु भयो । बजेटको बाँटफाँड लगायतको विषयमा केन्द्र सरकारक आफुहरु संग सौताको व्यवहार गर्दै आएको उहाँको कथन थियो ।
प्रदेश सरकार सिमित स्रोत साधनका बीच विकास निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले अधिकार सहितको संघीयता कार्यान्वयनका लागी प्रदेश सरकार संघ सरकार माथि एक पछि अर्को मुद्दा दिदै कानूनी लडाई लडी रहेको उल्लेख गर्नु भयो ।
मनरा सिस्वा नपाका प्रमुख संजय सिंहको अध्यक्षतामा भएको उक्त शिलान्यास कार्यक्रममा समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सभा सदस्य रानी शर्मा तिवारी, अल्का झा, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
तीन करोड ५५ लाखको लागतमा १५ महिना भित्र उक्त पोखरीको सौन्दर्यीकरण कार्य सम्पन्न हुने मुख्यमन्त्री स्वच्छता अभियानका सिनियर डिभिजनल इन्जिनियर भगवान झाले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर