Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

प्रतिक्षा खबर
२०७७ मंसिर ४, बिहीबार १७:४९

रामगाेपालपुर, मंसिर ४ गते ।

महाेतरी लगायत मधेशका हरेक स्थानमा छठपर्वको दोश्रो दिन खरना मनाइँदै छ । दिनभर केहिपनि नखाएर उपवास बसेका ब्रतालुहरु आज साँझ खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाउने गर्दछन् ।
नियम निष्ठाका साथ खीर बनाएर आफु ग्रहण गर्नुको साथै घरपरिवार र अाफन्तहरुका सदस्यहरुलाई समेत प्रसादको रुपमा खान दिने चलन छ । पारिवारिक एवं सन्तानको सुखसमृद्धिको कामना गरी निकै नियम निष्ठा पूर्वक मनाइने छठपर्व बुधबारबाट विधिवत सुरु भएको हो । चारदिनसम्म मनाइने छठ पर्वको पहिलोदिन बुधबार ब्रतालुहरुले नुहाएर अरबा–अरबाईन खाएका थिए । यो दिनलाई ‘नहाय खाय’ भनिन्छ । त्यस अघि बुधबार ब्रतालुहरुले माछा र कोदो बारेका थिए ।
छठपर्वको मूख्य दिन शुक्रबार रहेको छ । भोलि छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र शनिबार उदाउँदो सूर्यको अर्घ दिएपछि विधिवत छठ पर्व समापन हुनेछ ।
छठ पर्वमा बाँसको ढाकी, माटोको कोसिया कुरबार, हाती लागयतको विभिन्न सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।
अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर