Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव

☰

सरकारले सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी विभिन्न तहका परीक्षा सञ्चालन गर्न अनुमति दिइयाे

प्रतिक्षा खबर
२०७७ आश्विन २१, बुधबार १८:१५

प्रतिक्षा खबर
काठमाडौं, असोज २१ गते
सरकारले सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी विभिन्न तहका परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लोकसेवा आयोग, विश्व विद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई सबै तह र विषयका परीक्षण सञ्चालन गर्न सैद्धान्तिक अनुमति प्रदान गरिएको जानकारी दिए ।
यस्तै, सरकारले व्यावसायिक तालिम प्रदायक संस्थाहरूलाई पनि छोटा अवधिको तालिम सञ्चालन गर्न अनुमति दिएको छ । तालिममा २५ जनाभन्दा बढीकाे सहभागिता नहुने गरी स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नुपर्ने छ ।
यस्तै, विज्ञापन बोर्डको आर्थिक वर्ष २०७७/७८ का लागि अधिकृतस्तरका ५ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता ज्ञवालीले बताए । यस्तै, शिक्षक सेवा आयोगको अध्यक्ष र एक जना महिलासहित अन्य दुई जना सदस्यहरूको नियुक्तिको लागि सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय पनि सरकारले गरेको छ ।
यस्तै, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कृषि मन्त्रालमा कार्यरत सहसचितव डा. योगेन्द्रकुमार कार्की र कार्यकारी निर्देशकमा नेपाल कृषि सेवा एगृ.इको. एण्ड मार्केटिङ समूहका वरिष्ठ कृषि अर्थ विज्ञ विनोदकुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर