Advertisement
ताजा खबर
थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान

प्रदेश २ मा ४१ जना कोरोना संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ भाद्र १५, सोमबार १६:४२

प्रतिक्षा खबर
बीरगञ्ज, भदौ १५ गते ।
वीरगञ्जमा गरिएको परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ६ वर्षदेखि ७० वर्ष उमेर समूहकालाई संक्रमण देखिएको हो । संक्रमितमध्ये ८ जना महिला छन् ।
अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाका अनुसार पर्साका ३२ जना, बाराका ४ जना र सर्लाहीका १ जनामा कोरोना संक्रमण देखिएको छ । एक जना ३० वर्षीय पुरुषको ठेगाना उल्लेख छैन । पर्साको ३२ जनामध्ये २१ जना वीरगञ्ज महानगरपालिकाका, ९ जना कालिकामाईका र २ जना जिराभवानीका हुन् ।
महानगरपालिकाको वडा नं ११ मा १२ जना, वडा नम्बर २० का २ जना, वडा नं २ का ३ जना, वडा नं ५, ६, १३ र १५ का १÷१ जनामा कोरोना देखिएको छ ।
कालिकामाई गाउँपालिका–१ मा ४ जना, वडा नम्बर ४ मा ४ जना, वडा नं ३ मा एक जना तथा जिराभवानी–२ का दुई जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै बाराको कोल्हबी नगरपालिकाका ३ जना, महागढीमाई–११ का १ जनामा र सर्लाहीको रामनगर गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको इर्मजेन्सीमा भर्ना भएका ४ जनाको जीन एक्सपर्ट टेष्ट गरिकोमा ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । ३८ देखि ६० वर्षका संक्रमितलाई थप उपचारका लागि कोभिड अस्पताल रिफर गरिएको छ
जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार साँझ सार्वजनिक गरेको रिपोर्ट अनुसार हालसम्म ४ सय ८२ जना महिलासहित २ हजार १ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ६ सय ८४ जना कोरोनामुक्त भई घर फर्किएका छन् भने ३६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
२७ जना महिलासहित ९८ जना आइसोलेसनमा र २ सय १८ जना महिलासहित ९ सय ८४ जना होम आइसोलेसनमा छन् । कोभिड अस्पतालको आइसियुूमा १९ जना उपचाररत छन् ।
१९ हजार ६ सय ६२ स्वाब संकलन गरिएकोमा १ सय ८४ जनाको मात्रै रिपोर्ट आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर