Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

पर्सामा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना पुष्टि

प्रतिक्षा खबर
२०७७ श्रावण १९, सोमबार १४:४७

सुरेश बिडारी
१९ साउन, वीरगञ्ज । पर्सामा पत्रकार, नेपाली सेना, नेपाल प्रहरी र सर्वसाधारणसहित थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६९ जना पर्साका, ३ जना बाराका र एक जना भारतका नागरिक छन्
योसँगै पर्सामा जम्मा संक्रमितको संख्या ६ सय ८ पुगेको छ । स्वास्थ्य कार्यालय पर्साले १८ साउनमा तयार पारेको रिपोर्ट अनुसार नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा ६१ जना, वीरगञ्ज हेल्थ केयरमा ११ जनालाई राखिएको छ । त्रिजुद्ध माविमा १५, वीरगञ्ज कारागारमा १२, सिद्धार्थ स्कुलमा २१, वगही प्राथमिक स्वास्थ्य केन्द्र पर्सागढीमा ४, होटल विजय ज्योतीमा ३, सखुवा प्रसौनीमा २ र पटेर्वासुगौलीमा ४ जनालाई राखिएको छ ।
६१ जनालाई राखिएको ठाउँ सेमीआइसोलेसन सेन्टर मात्रै हुन् । संक्रमितको संख्या बढ्दै गएपछि लक्षण सहितका संक्रमितलाई मात्रै अस्पताल राख्ने तयारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । अन्य संक्रमितलाई सेमीआइसोलेसन र होमआइसोलेसनमै राखिने भनिएको छ । १ सय ९३ जना अझै आइसोलेसन सेन्टर बाहिर छन् ।
वीरगञ्जमा १ सय ४२, सखुवाप्रसौनीमा २, बहुदरमाई, छिपहरमाई, जगरनाथपुर र पोखरियामा १÷१ जना संक्रमित होम आइसोलेसनमा छन् । होम आइसोलेसन भनिए पनि मापदण्ड अनुसार भए/नभएको अनुगमन गर्ने संयन्त्र बनाएर परिचालन गरिएको छैन ।
आइतबार ४ सय ९० जनाको थ्रोट स्वाब नमुना परीक्षण गर्दा ६१ जना पुरूष र १२ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले बताए । संक्रमित हुनेमा १० वर्षकी बालिकादेखि ७७ वर्षकी वृद्धासमेत छन् ।
आइतबार राति संक्रमण पुष्टि भएका ७३ जनाहरु पत्रकार, सुरक्षाकर्मी, मास ट्रेसिङ, एक घर एक परीक्षण, कन्ट्याक्ट ट्रेसिङमा परेका, क्वारेन्टिनमा बसेकाहरु रहेको डा उपाध्यायले बताए । श्रीपुर स्कुलमा मास ट्रेसिङमा स्वाब दिएका २६ जना, रेल्वे स्कुलमा एक घर एक परीक्षणका क्रममा नमुना दिएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका २४ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तैगरी मारुती फर्माका १ जना भारतीयसहित ३ जना, नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पत्रकार १ जनामा कोरोना संक्रमण देखिएको छ । साउन ८ गतेदेखि १७ गतेसम्म गरिएको स्वाब संकलनको नतिजा निकालिएको हो । अझै ५ सयभन्दा बढी स्वाब नमुना परीक्षण गर्न बाँकी रहेको नारायणी अस्पताल पीसीआर ल्याबले जनाएको छ ।
संक्रमित र मृतकको संख्या बढ्न थालेपछि पर्सामा जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ । साउन १० देखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै जारी गरिएको निषेधाज्ञा जिल्लाभर विस्तार गरिएको हो ।अनलाइन खबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर