Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

व्यवस्था बदलियो, अवस्था बदलिएन : उपेन्द्र यादव

प्रतिक्षा खबर
२०८२ बैशाख १९, शुक्रबार १९:०६

बुटवल । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा व्यवस्था बदलिए पनि अवस्था नबदलिएको बताएका छन् ।

उनले मुलुकमा निरकुंशता हटेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र आए पनि शासक पुरानै रहेको बताए । जसपा नेपाल रुपन्देही एकताको प्रथम जिल्ला अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै अध्यक्ष यादवले नयाँ व्यवस्थामा पुरानै शासक भएकाले कसरी अवस्था बदलिन्छ भन्दै प्रश्न गरे ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए । उनले दलित समुदाय र महिलाको नाम मात्रको प्रतिनिधित्व भएको बताए ।

मधेशमा राज्यको न्यून बजेट भएको भन्दै उनले विकास दक्षिणबाट सुरु गरी उत्तर पुग्नुपर्नेमा जोड दिए ।शासक वर्ग जसले सयौँ वर्षदेखि शोषण, भेदभाव र उपेक्षा गर्दै आएका छन्, चुनावमा उनीहरूलाई भोट दिएर सत्तामा पुर्‍याइरहेको बताए ।

त्यस्तै पार्टीका महासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्माले प्रदेश सरकारलाई कमजोर बनाइएको बताए । उनले वर्तमान सरकार सङ्घीयताप्रति इमानदार नभएको बताए । उनले संविधान संशोधन र पुनर्लेखन नभए आन्दोलनको तयारी गर्नुपर्ने बताए ।

कार्यक्रममा पूर्व रक्षा राज्यमन्त्री रामवचन यादव, जसपा नेपालका केन्द्रीय सदस्य सावित्रा विश्वकर्मा, पार्टीका नेता कैलाश गुरुङ, लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष रामअवतार यादव, प्रदेश कोषाध्यक्ष एवं रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव लगायत बोलेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर