महाेतरीकाे साेनमा गाउँपालिकामा विद्यार्थीहरुले तल्चा लगाएका छन । साेनमा गाउँपालिका वडा नं २मा रहेकाे श्री सरस्वती जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुले गाउँपालिकाकै मुल गेटमा तल्चा लगाएका छन ।भाद्र १९गते शिक्षककाे विषय लिएर गाउँपालिकामा भएकाे झडपपछी गाउँपालिका खुलेकाे थिएन्न।लगातार १५दिनदेखि बन्द रहेकाे गाउँपालिकाकाे कार्यालय आज खुल्दा २/३दिन घन्टामै विद्यार्थीहरुले कामकाज बन्दगराइ ताल्चा लगाएका छन ।गाउँपालिका बन्द रहेका कारण दैनिकी काम काज गराउन आउने सर्बसाधारण जनतालाई निकै सास्ती खेपिनु परेको छ्।साेनमा गाउँपालिका वडा नं २मा रहेकाे श्री सरस्वती जनता माध्यमिक विद्यालयका विद्यार्थीहरु शिक्षकहरुकाे सरुवा,कक्षाकाेठाकाे व्यवस्थापन र खानेपनीकाे व्यवस्था सम्बन्धि समस्या लिएर गाउँपालिकामा पुगदा विभिन्न कारणले प्रहरी र विद्यार्थीहरुबीच झडप हुदा दर्जनाै विद्यार्थी र प्रहरीहरु घाइते भएका थिए ।पूर्व गाउँपालिका अध्यक्ष ,वर्तमानकाे वडा नं १काे वडा अध्यक्ष अशाेक कुमार यादवलगायत केही स्थानियसमेत गरि १०जना माथि लगाइएकाे मुदा फिर्ता ,घाइते विद्यार्थीहरुकाे उपचार खर्च उपलब्ध लगायत विद्यार्थीहरुले माँगेकाे माँग पूरा न भएसम्म गाउँपालिकामा लगाइएकाे ताल्चा न खाेल्ने विद्यार्थीहरुले बतनएका छन । झडप भएकाे भाेलि पलटदेखिनै विद्यार्थीहरुले गाउँपालिकाकाे अगाडि आन्दाेलन गरिदै आएका थिए ।






