Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

जसपामा मधेश प्रदेश संसदीय दलको नेता छान्ने जिम्मा उपेन्द्र यादवलाई

प्रतिक्षा खबर
२०७९ पुष २२, शुक्रबार २२:५०

२२ पुस, जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।
बिहीबार र शुक्रबार जनकपकुरमा चलेको संसदीय दलको बैठकमा सर्वसहमतिबाट दलको नेता चयन नभएपछि सो जिम्मा पार्टी अध्यक्ष यादवलाई दिइएको हो ।
दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र जसपा दलका निवर्तमान नेता रामअशिष दाबेदार छन् । तर, सरोज यादवले रामअशिष यादवको नाममा सर्वसहमति गरे आफू पछाडि हट्न तयार रहेको बताएका थिए । तर, राउत पछाडि हट्न मानेन्न।
उनी निर्वाचन गरी आजै दलको नेता छान्नुपर्ने जोडबल गरेका थिए । तर बैठकमा सहभागी अधिकांशले सर्वसहमितबाट नेता चयन गर्नुपर्ने अडान लिएपछि सो जिम्मा अध्यक्षलाई दिइएको बैठकमा सहभागी एक संसादले बताए ।
अध्यक्षलाई एकजनालाई दलको नेता चयन गर्न ९ जना आकंक्षीको नाम पठाइएको छ । लालाबाबु राउत, रामअशिष यादव, सरोज यादव, सरोज सिंह कुशवाहा, संजय यादव, अब्दुल कलाम, बच्चा राउत अहिर, शोभा साह र मनिष सुमनको नाम पठाइएको छ ।
बिहीबार दलको बैठकले मधेश प्रदेश जसपा संसदीय दलको विधान २०७४ संशोधनसहित पारित गरेको थियो । जसपाले संसदीय दलको नेता चयन गर्न जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर नेता लालकिशोर साहको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको थियो ।
जसपा मधेश प्रदेशसभाको १६ सांसदसहित तेश्रो शक्ति रहेको छ । चौथो शक्ति जनमत पार्टीको संसदीय दलको नेता छान्ने जिम्मा डा. सिके राउतलाई दिएको थियो । र डा. राउतले महेश प्रसाद यादवलाई दलको नेता चयन गरेका थिए ।
यो प्रदेशमा जसपा निर्णायक शक्ति रहेकाले उसले आफ्नो नेतृत्वमा पुनः सरकार बनाउने लविंग गरिरहेको छ । जो जसपाको दलको नेता बन्छन् उनको मुख्यमन्त्री हुने सम्भावना प्रवल रहन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर