Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

वीरगञ्जमा भाेलिदेखि अनिश्चितकालका लागि निषेधाज्ञा

प्रतिक्षा खबर
२०७७ श्रावण ९, शुक्रबार १८:४५

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । भोलि शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा निषेधाज्ञाको माग चौतर्फी रुपमा आइरहेको थियो । प्रशासनले शुक्रबार राजनीतिक दलसँग छलफल गरेपछि निषेधाज्ञा लगाउने निर्णयमा पुगेको हो ।
वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचार बाहेक अन्य काममा सर्वसाधरणलाई घर बाहिर निस्कन प्रतिवबन्ध लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
निषेधाज्ञा लगाइएको समयमा मास टेस्टिङको काम पनि अघि बढाउने निर्णय भएको छ । सहायक प्रजिअ बस्नेतका अनुसार सुरुमा संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिनेछ । उनीहरुको पीसीआर परीक्षणपछि जोखिमपूर्ण स्थानमा चेकजाँच गर्ने निर्णय भएको छ ।
पीसीआर परीक्षण बढेपछि संक्रमितको संख्या बढ्दै जान सक्ने हुनाले क्वारेन्टिन, आइसोलेनसमा सबैलाई राखेर सम्भव नहुने निष्कर्ष बैठकले निकालेको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका मानिसहरुको घरमा होम क्वारेन्टिन सम्बन्धी मापदण्ड पुग्छ भने घरमै बस्न दिने निर्णय समेत बैठकले गरेको छ । तर त्यसका लागि स्थानीय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा रहनुपर्ने शर्त राखिएको छ ।
‘संक्रमित भेटिएको ठाउँमा सिल गर्ने, होम आइसोलेसनमा राख्ने । उद्योग प्रतिष्ठानलाई सिल गर्ने उनीहरुलाई त्यहीँ आइसोलेटेड गर्ने,’ उनले भने, ‘त्यसको निगरानी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तह र जनप्रतिनिधिले गर्ने भन्ने निर्णय भएको छ ।
मास टेस्टिङका क्रममा फेला परेका लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमा राख्ने, लक्षण देखिएकोलाई मात्रै अस्थायी कोभिड अस्पतालमा लैजाने र आईसीयू र भेन्टिलेटरको थप व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको बस्नेतले बताए ।
अन्य जिल्ला र भारतबाट आवागमनमा पूर्ण निषेध
वीरगञ्जमा अब अन्य जिल्लाबाट र विशेषगरी भारतबाट आउन पूर्ण प्रतिबन्ध लगाइएको छ । विशेषगरी छिमेकी मुलुक भारतको बिहारमा संक्रमितको संख्या बढ्दै गएकोले यस्तो निर्णय गरिएको हो ।
भारतबाट पूर्ण रुपमा प्रवेशमा रोक लगाइएको छ । सुरक्षा निकायहरुले गस्ती पेट्रोलिङ बढाउने लु्कीछिपी प्रवेश गरेकालाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्ने निर्णय भएको छ नेपाल प्रहरी र सशस्त्र प्रहरीले नसकेको ठाउँमा सेना समेत परिचालन गर्ने निर्णय गरेका छौं ।सभार अनलाइन

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर